राजविराज । सप्तरीको कंचनरुप नगरसपालिकामा एकल महिलालाई ब्ल्याङ्ककेट वितरण गरिएको छ । चिसोका कारण पीडीत बनेका गरिब असहाय २ सय ३ जना एकल महिलालाई मंगलवार महिला बालबालिका तथा ज्येस्ठ नागरिक मन्त्री नवलकिशोर साहको सहयोगमा यहाँ स्थित एकल महिला आत्मनिर्भरता तथा पुनस्र्थपना केन्द्र नामक संस्थाले चिसोबाट जोगिन ब्ल्याङ्ककेट वितरण गरेको हो. ।
संस्थाकी अध्यक्ष जुही ठाकुर, हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, समाजसेवी बिरेन्द्र खङ्ग लगायतले एकल महिलाहरुलाई उक्त ब्ल्याङ्ककेट वितरण गरेका थिए ।
कमाई गर्ने श्रीमान वितेपछी कस्टकर जीवन विताईरहेका एकल महिलालाई केही सहज होस भन्ने उदेश्यले ब्ल्याङ्ककेट वितरण गरिएको अध्यक्ष ठाकुरको भनाई छ ।
श्रीमानको मृत्युपछि बेरोजगार बन्नुका साथै कस्टकर जीवन व्यतित गर्न बाध्य भएका एकल महिलालाई संगठित गरी उनीहरुलाई विभिन्न सीपमुलक तालिम समेत प्रदान गरी स्वरोजगार बनाउने काम संस्थाले गरिरहेको जानकारी दिदै उनले यसले उनीहरुको हौसला बढदै जाने विश्वास ब्यक्त गरिन ।
उक्त संस्था अहिले जिल्लाको १८ वटै पालिकामा एकल महिला वडा र नगर समिति गठन गरी सशक्तीकरण अभियान नै चलाएको छ ।






