काठमाडौं । अभिनेता राजेश हमालको नयाँ चलचित्र नरसिंह अबतार आगामी नयाँ वर्षमा रिलिज हुँदैछ । उनी यतिबेला अर्को नयाँ चलचित्र अन्धपथमा जोडिएका छन् । यो चलचित्रको यसै साताबाट छायांकन सुुरु हुँदैछ ।
नयाँ चलचित्र अन्धपथको निर्माणको घोषणा गरिएको छ । काठमाडौँमा एक समारोहबिच निर्माण पक्षले चलचित्रको निर्माण घोषणा गरेको हो । आरजे मिडिया प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्र अन्धपथलाई रामकाजी घिमिरेले निर्देशन गर्दै छन् । चलचित्रको छायांकन यही ८ फागुनबाट सुरु हुने भएको छ । चलचित्रको निर्माता रामजी लम्साल हुन् ।
चलचित्रको लेखक पनि रामकाजी घिमिरे हुन् । यो चलचित्रमा राजेश हमालसँगै, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, शम्भु ढुंगाना, भेग पहारीलगायत कलाकारको अभिनय रहने छ । ।
युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आय आर्जनमा लगाउने सन्देश यो चलचित्रमा उठान गरिएको पनि उनले बताए । यो चलचित्रलाई आगामी कात्तिकमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो चलचित्र कर्णली रुकुम पूर्व, काठमाडौं, भारतको गोवालगायतका स्थानमा छायांकन गरिने छ । चलचित्रको छायांकन रामशरण उप्रेती, संगीत अर्जुन पोख्रेल र शृंगारमा सन्तु तामाङ रहेका छन् ।






