रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

रोल्पा । बम विस्फोट हुँदा रोल्पामा चार जना बालबालिकाको घटनास्थलमै ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ हलंगा नजिक मैतीकाटिना दुम्लाखोलानेर बेलुकी साढे ५ बजेतिर बम विस्फोट हुँदा एकैघरका २ सहित ४ जना बालबालिकाको ज्यान गएको हो ।
बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जादा विस्फोटमा परी ४ जनाको ज्यान गएको त्रिवेणी गाउँपालिका २ का वडाअध्यक्ष कविराज बुढाले जानकारी दिए । बाख्रा चराएर घर फर्कदै गर्दा बम बिस्फोट भएको थियो ।
विस्फोटबाट त्रिवेणी गाउँपालिका ७ मैतीकाटिनाका लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, ११ वर्षीया छोरी बिमला खत्री, सोही स्थानका ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखीराम डाँगी र वडा नम्बर ४ छेपका लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपालीको ज्यान गएको हो ।
घटनास्थलमा राइफलको गोली जस्तो देखिने अर्काे बम पनि रहेकाले घटनास्थलमा दहवनबाट नेपाली सेनाको टोली आउदै गरेको बुढाले बताए । बम पुरानो वा नयाँ रहेको भनी अनुसन्धान भइरहेको छ । विगतको सशस्त्र युद्धका बेला छोडिएको बम हुन अनुमान समेत गरिएको छ । रोल्पामा शान्ति प्रक्रिया यता बमबाट करिव दर्जन बालबालिकाको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीमा नेकपाले एमाले नेतृत्वको सरकार नमान्ने, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने