सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै ३२ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको हो । सो निर्णय सर्वसम्मतरुपमा भएको उनको भनाइ छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस र नेकपामा समान १४÷१४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र स्वतन्त्र सांसद एक छन् ।
यसअघि कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएपछि कांग्रेसका पाँच र नेकपाका ११ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।
सम्बन्धित समाचार
कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
नेपाली मृत्यु प्रकरण: सदन र सडकमा प्रधानमन्त्रीको राजीनामा माग
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड
बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
सरकारीबाहेकका मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय खारेज
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री






