चलचित्र ११:५५ को टिजरमा सस्पेन्स कथा

काठमाडौं । हरर थ्रिलर जनराको चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजर आइतबार सार्वजनिक गरिएको हो । यो चलचित्रको टिजर १ मिनेट ३४ सकेण्ड लामो छ । टिजरले चलचित्रको कथावस्तु’bout थोरै खुलासा गरेको भए पनि यसले यो चलचित्र पूर्ण सस्पेन्स छ भन्ने जनाउँछ ।

यो चलचित्र अगामी ८ चैत्रबाट नेपालका चलचित्र घरसँगै अस्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ । यसको टिजर अनुसार प्रेम, रोमान्स, धोका र बदलाको रहस्य यो चलचित्रमा समेटिएको छ । चलचित्रको टिजरको सुरुमा सवधान भन्दै एउटा अचम्मको सूचना राखिएको छ । जसमा लेखिएको छ, ‘यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरूका लागि स्वीकृत गरिएको छ, जसलाई चलचित्रमा रोमाञ्च र रहस्य मन पर्छ ।’ बाँकीको लागि टिजर र चलचित्र उपयुक्त नहुने पनि त्यो सूचनाले जनाएको छ । तथापि चलचित्र भने सवै दर्शकका लागि भएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एम एस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । अलमोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लेको प्रोडक्सन डिजाइन यो चलचित्रमा रहेको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रलाई लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो । जसमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । यो चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्र ११ः५५लाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने