हरियाली बन्दै बाँझो जमिन

काठमाडाै‌ ।  प्रचण्ड गर्मी । तपतप पसिना । मुखमा माक्स । सामाजिक दूरि । बाँझो अनि कडा जमिन । जोडले कोदालो बजार्दै । एक दशक चाम्रो माटो मलिलो बनाउँदैछन् गणेश चौधरी । चौधरीले हप्ता दिनदेखि आफ्नो घर नजिकैको बाँझो खेतमा परिवारका सबै सदस्य सहित कोरोना भाइरसबाट सुरक्षित हुँद मकै,भटमास रोप्ने जमिन तयारी गरिरहेका छन् । ु
सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना (कोभिड १९)कारण देशव्यापी लकडाउनको सदुपयोग गर्ने चौधरी ३५ वर्षपछि किसान बनिरहेका छन् । उनले गुह्श्वरी नजिकै २० जना कामदार राखेर ठुलो ग्रिल कारखाना चलएका छन् । लकडाउनका कारण कारखाना हाल बन्द छ । त्यसैले समयको सदुपयोग गर्न पाएको र आफैले उब्जाएको ताजा मकै तरकारी केही समय खान पाउनेमा मख्ख पनि देखिए ।

कागेश्वरी मनोहरा न.पा. वडा नं ६ ढुङ्गेल गाँउमा रहेको करिव २० रोपनी क्षेत्रमा चौधरी जस्ता धेरैले लकडाउनको सदुपयोग खेतीपातीमा गरेका छन् । स्वस्थकर्मी हेमा कटुवाल पनि हरियो तरकारी रोप्न जमिन मलिलो बनाउन व्यस्त देखिएकी छिन । घर नजिकको छुट्टा छुटै अरूकै करिव आधा रोपनी जमिनमा श्रीमान कुमार कटुवालको सहयोगमा मकै, भटमास र हरियो तरकारी लगाईन् । आफुले लगाएको तरकारी राम्रो भयो भने ५ महिना परिबारलाई खान पुग्ने दावी हेमाको छ ।

मन्द घाम , सरसर हावा र बेलाबेलामा पर्ने पानीले जमिन भिजाएपछि अरूहरूको देखा सिकिबाट अरूकै ३ आना जमिनमा नारायण पौडेल ,मञ्जु कटुवाल र यसै क्षेत्रमा डेरा गरि बस्ने शंकर कटुवालले पनि तरकारी खेती गर्न भ्याए ।

‘के गर्नु ? आफ्नो जमिन छैन ?जमिन भएकाहरू वास्ता गर्दैनन् । यस्तो समयमा खेतीपाती गरेर बर्ष दिन पुग्ने मकै र भटमास फलाउथ्ये’ शसस्त्र प्रहरी सेवामा हाल कार्यरत शंकर पौडेलको दुखेसो छ । उनी पनि कार्यालय जाने र आउने समय मिलाएर श्रीमती सविना पौडेल सहित करिव ४ आना अरूकै जमिनमा मकै,भटमास र प्रसस्त हरिया तरकारी फलाउन बाझो जमिनमा पसिना खर्चेका छन । लकडाउनको समयमा पनि कार्यालय जान पर्ने भएकोले विउ विजन आफुलाई ल्याउन सजिलो भएको र अरूहरूलाई पनि ल्याईदिने गरेका पौडेलले पनि वाली सप्रियो भने आफुलाई मात्र हैन छरछिमेकलाई समेत बाडेर खान पुग्ने दावी गर्छन ।

जनपद प्रहरीका नारायण पौडेल पनि कार्यालय जान नपर्ने दिनमा राम्रो जमिन नपाएर कालीमाटीको जब्बर बाँझो जमिन मलिलो बनाउन धेरै पसिना बगाए । ‘दुःख धेरै भयो भनेर गाउँमा तेत्रा जमिन बाँझो छोडेर काठमाडौं आइयो अहिले २५ वर्ष पछि कोदालो छुँदा त्यही पाटो बारी खन्दाको झल्झल्ती याद आयो ।’ उनले पनि करिव ३ आना अर्काको जमिनमा मकै र हरियो तरकारी रोपेका छन् ।

सो क्षेत्रमा रैथानेबाहेकले पनि प्लटिङ्ग गरेका बाँझा जमिनमा मकै र तरकारी रोपेर क्षेत्रभरिनै हराभरा बनाएका छन । ‘यसले स्थानियस्तरमा खाद्मवालीमा ठुलो योगदान हुने यस न.पा.का अध्यक्ष प्रकाश फुयालले विश्वास लिएका छन । हाल लकडाउनको समयमा विभिन्न जिल्लामा गएकाहरूले पनि आफ्ना ठाउँमा मौसम अनुसारका खेतीपाती गरे कोभिड १९ बाट थला पर्ने खाद्म संकट केही हदसम्म समाधान हुने अड्कल समेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 515 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम