धर्मको विरोध गरेको आरोपमा मह जोडीको आयो यस्तो भनाइ

काठमाडौं । मह जोडीका नामले प्रसिद्ध वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी सहयोग नियोग (यूएसएएड) को पैसा लिएको भन्ने आरोपको खण्डन गरेका छन् ।

उनीहरुमाथि डलर खाएर हिन्दू धर्मको विरोध र इसाई धर्मको प्रचार गरेको आरोप लाग्दै आएको छ । महजोडीले बिहीबार एक भिडियो सन्देशमार्फत आरोप सुन्दा दुःख लागेको बताएका छन् । ‘हामी सबैलाई आफ्नो सम्झिन्छौं । हितैषीहरुबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ,’ मदनकृष्ण भन्छन्, ‘संसारमा राम्रा कुराहरु पनि छन्, नराम्रा कुराहरु पनि छन् । राम्राराम्रा छानेर मात्रै हामीले काम गर्दै आइरहेका छौं ।’

हरिवंश आचार्यले आफूहरुबाट कुनै पनि धर्म सम्प्रदायको भावनामा चोट पुग्ने काम नभएको दाबी गरे । ‘सनातन हिन्दुधर्म, बुद्ध धर्म वा अरु कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो,’ आचार्यले भने । उनले आफूहरुले काम मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने तथा विभिन्न किसिमका खोप कार्यक्रमहरुमा काम गरेको भन्दै उनले ती सबै युट्युबमा हेर्न सकिने उल्लेख गरे ।

आफूहरुले २०५२ सालमा ‘पञ्चायती व्यवस्थाको श्राद्धे’ भनेर कार्यक्रम गरेको र त्यसमा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको बताउँदै आचार्यले अहिले त्यसैको एउटा टुक्रा सेयर गर्दै सनातन धर्मको विरोध गरेको आरोप लगाइएकामा दुखेसो व्यक्त गरे ।
आफू पनि पण्डितकै छोरा भन्दै उनले पण्डित हुँदैमा कोही नहुने उल्लेख गरे ।

पण्डित, नेता, प्रहरी,डाक्टर, वकिल सबैलाई ब्यंग्य गर्न पाइने उनको भनाइ थियो । त्यसैको टुक्रा राखेर सनातन धर्मको विरोध गरेको भन्नु कपोलकल्पित भएको बताए । गलत आरोप लाग्दैमा आफूहरु हतोत्साही नहुने भन्दै हरिबंशले निरन्तर काममा लागिरहने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान