राजविराज । म्हिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास बिना मुलुकको विकास सम्भव नरहेको बताएका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आईतवार एकै दिन २ वटा आयोजना निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा आफुले थालेको प्रयासमा सबैको सकारात्मक सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।
विकास निर्माणलाई आफुले पहिलो प्राथमिक्तामा राखेको बताउँदै उनले बाचुन्जेल विकास र जनताको सेवक भई काम गर्ने प्रतिबद्धता पनि जनाए । वडा नं.९ स्थित महाविर उच्च माध्यमिक विद्यालयमा थप कक्षाकोठा भवन निर्माण तथा सोही वडा स्थित माहाबीर चौक भगवती स्थान देखी हनुमान मन्दिर गेट सम्मको सडक स्तरोन्नती कार्यको उनले शिलान्यास गरेका छन ।
आफनो निर्वाचन क्षेत्र समेत रहेको उक्त वडामा जनताको आवश्यक्तालाई ध्यानमा राखी भौतिक पुर्वाधार मन्त्रालयबाट उक्त आयोजनाका लागी क्रमशः १ करोड र १ करोड ७१ लाख रुपैया बजेट व्यवस्थापन गर्न सफल भएको उनले जानकारी दिए ।
अघिल्लो दिन शनिवार पनि उनले सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ मोहनपुरमा १ करोड ८७ लाख १९ हजारको लगानीमा निर्माण हुने पक्की सडक तथा सप्तकोशी नगरपालिका २ मा गोबद्र्धन बैरागी जनता माध्यमिक विद्यालयमा थप कक्षाकोठा भवन निर्माणको शिलान्यास गरेका थिए ।






