जुम्लाका सरोकारवाला भन्छन् : छाउपडी प्रथा उन्मुलन महाअभियानका विरोधीलाई मुद्धा

जुम्ला । जुम्ला सहित कर्णालीमा अहिले पनि सामाजिक समस्याको रुपमा रहेको छाउपडी प्रथा उन्मुलनको लागि अभियान सञ्चालन भइरहेको छ । समाजमा रहेको छाउपडी प्रथा उन्मुलनको लागि सञ्चालन गरिएको अभियालाई तीव्र पारिएको हो । अभियान अन्तर्गत जिल्लाका आठ वटै स्थानीय तहमा सदभावना दूत नियुक्त गर्ने र सचेतनामुलक कार्यक्रम भइरहेका छन् ।
महिनावारी बेला गोठ नभइ घरमा बस्न, प्याड तथा भित्री बस्त्र प्रयोग गर्न सिकाइँदै छ । एकातर्फ अभियान सञ्चालन भइरहेको अर्कातिर विभिन्न विषयमा टिका टिप्पणी समेत भइरहेका छन् । तर, अभियानका विरोधी विरुद्ध मुद्धा चलाइने भएको छ । यहाँका सरोकारवालाले सरकारी नियम नमान्ने, अटेरी गर्ने र विरोध गर्नेलाई कानुन अनुसार मुद्धा चलाइने भएको हो । जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले अभियानलाई असफल बनाउन भूमिका खेल्ने कर्मचारी, जनप्रतिनिधि र जनता जोकोहीलाई पनि मुद्धा चलाइने चेतावनी दिए ।


उनका अनुसार कानुनले बर्जित गरिसकेको छुई प्रथालाई उन्मुलनमा सघाउनु सबैको कर्तव्य हो । ‘सामाजिक अन्धविश्वासले महिलाहरु गोठमा बस्न बाध्य छन् ।’ हामीले उनीहरुको मनोबल बढाएर घरमा सार्ने महाअभियानको मर्म हो, उनले भने,‘ यसको विरोध गर्ने छुट कसैलाई छैन, भेटिएमा कारबाही हुन्छ ।’ यसतै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले कानुनले परिवर्तन खोजेको बेला पुरातन सोचले आफै माथि अन्याय गर्नु अस्वभाविक भएको भन्दै सबै महिलालाई घरमै बस्न आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महिलाको मानसिकता परिवर्तन गर्नकै लागि छुईप्रथा अन्त्य गर्न आवश्यक रहेको बताइन् । उनक अनुसार छुइप्रथा न्युनिकरणका लागि सन्देश प्रवाह गर्नको लागि सन्देश दिन नेपालमै नमुना कामका रुपमा फागुन ९,गते महायज्ञ समेत लगाइनेछ ।


सबै कुसंस्कार, अन्धविश्वासर र कुरितिलाई महायज्ञमा होम गरेर स्वाहा गरी समृद्ध समाज निर्माणको बाटो खुलाउने बताइन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लाल बहादुर धामीले छुईप्रथा उन्मुलनका लागि स्वयम महिला नै उर्जाशील हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्ण प्रसाद चौलागाईले समचार लेखेकै कारण छुईप्रथा उन्मुलनको अभियान चल्यो, अब भने अन्य क्षेत्रमा पनि पारदर्शीता कायम गर्न समचारको कार्यान्वयनमा जोड दिन सबैको ध्यानआकर्षण गराए । जिल्लाका चारवटा स्थानीय तहमा सद्भावना दुत नियुक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

epaper

ताजा समाचार

हेलिकोप्टरवाट नेपाल पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा