मुम्बई । बलिउड अभिनेत्री अरुणा इरानी बैंककमा लडेर गम्भीर घाइते भएकी छिन् । अचानक लडेकी उनको खुट्टामा चोट लागेको छ । लडेर शरीरमा चोट लागेसँगै उनको एउटा खुट्टा भाँचिएको छ । जसका कारण उनले केही समय पूर्ण आराम गर्नु पर्ने चिकित्सकहरूले बताएका छन् ।
खुट्टामा प्लास्टर गर्नु परेका कारण उनले हिँड्नको लागि बैसाखीको सहारा लिनु पर्ने भएको छ । उनी बुधवार बैसाखीको सहारामा ह्वीलचेयरमा मुम्बई फर्केकी छिन् । आफ्नो स्वास्थ्यको ’boutमा जानकारी दिँदै अरुणा इरानीले आफू चाँडै निको हुने बताएकी छिन् ।
अरुणा इरानी बैंककमा किनमेल गर्न गएकी थिइन्, अचानक उनी लडिन् र उनको खुट्टा भाँचियो । शरीरमा पनि केही चोट लाग्यो । अरुणा इरानीलाई विमानस्थलमा ह्वीलचेयरमा देखेर सबैले चिन्ता व्यक्त गरेपछि यी अभिनेत्रीले आफ्नो खुट्टा फ्याक्टर भएको बताइन् । आफू चाँडै निको हुने उनको कथन थियो ।
हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा अभिनेत्री इरानीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको पनि बताएकी छिन् । तर बैसाखी हटाएर पूर्ण रूपमा दुवै खुट्टाले हिड्डुल गर्न भने केही समय लाग्ने उनको कथन छ । बैंककमा लडेर खुट्टा भाँचिएपछि उनलाई केही हप्ता आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
अरुणा इरानीले प्लास्टर चाँडै हटाइने र दुई–तीन हप्ता भित्र हिँड्न सक्ने आशा व्यक्त गरेकी छिन् । अभिनेत्री इरानीले भनिन् कि उनी आफ्ना प्रशंसक र शुभचिन्तकहरूप्रति आभारी छिन् । उनी खुट्टाको चोटसँगै भाइरल संक्रमणसँग लडिरहेकाले निको हुने प्रक्रिया चुनौतीपूर्ण भएको चिकित्सकले बताएका छन् ।






