कपिलवस्तु । थ्री स्टार एफसी ललितपुरले दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसीलाई १−० गोलले पराजित गर्दै थ्री स्टार फाईनलमा प्रवेश गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा थ्री स्टारका मुकुन्द कुमार निउरीले ७७औँ मिनेटमा गोल गर्दै टिमलाई १−० को अग्रता दिलाए। मुकुन्दको गोलपछि पनि संकटाले गोलको केही अवसर पाएको भए पनि ती अवसरलाई गोलमा परिणत गर्न सकेन।
मुकुन्दको एक मात्र गोलले थ्री स्टारलाई फाईनलमा पुर्यायो। सोमबार दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र एफसी र जोङ्ग्री एफसी सिक्किमबिच हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)






