पोखरा । तनहुँको व्यास नगरपालिकामा बन्चरो प्रहारबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–९, कुमालगाउँकी ६६ वर्षीया विष्णुमाया कुमाल हुन् ।
बुधबार बिहान साढे ७ बजे आफ्नै घरअगाडि विष्णुमायालाई घोप्टो परेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, तनहुँबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा विष्णुमायाको टाउकोमा बन्चरो प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको आरोपमा ब्यास–९ निवासी ३० वर्षीय शिवशंकर भन्ने शंकर कुमाललाई नियन्त्रणमा लिएको छ ।
सो हत्याकाण्डमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)






