इलाम । दोस्रो महिला गोल्ड कपको अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै ए पी एफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा भएको प्रतियोगितामा एपीएफले एक गोल गर्दे फाइनल यात्रा पक्का गरेको हो । खेलको ३६ मिनेटमा रेणुका नगर कोटीको प्रहारमा रिवाउन्ड भएको बल रश्मि कुमारी घिसिङले गोल गर्दे टिमलाई अग्रता दिलाई ।
उनको यो गोल नै फाइनल यात्राको निर्णायक बन्न पुग्यो । दर्शकले भरी भराऊँ टुँडिखेलमा निकै प्रतिस्पर्धात्मक बनेको दुई टिम बिचको खेलमा पुलिसले गोल गर्ने अवसर पाए पनि नतिजा दिन नसक्दा सेमिफाइनलमै चित्त बुझाउन प¥यो । जित सँगै ए पी एफले फाइनलमा आर्मी सँगको भेट पक्का गरेको छ ।
राष्ट्रिय टिमकी मिट फिल्डर प्रीति राई लिएर मैदान उत्रिएको ए पी एफले खेलको सुरुवातमै अनिता बस्नेतको पासलाई रश्मिले सदुपयोग गर्न सकिनन् । १० मिनेटमा किपर एरिया भित्रबाट अनिता बस्नेतको प्रहार गोल रक्षक उसा नाथको हातमा प¥यो भने त्यसको लगत्तै निता ठोकारको प्रहार पोस्टमा परेन । १७ मिनेटमा टिमलाई अग्रता दिलाउने रश्मिको सशक्त प्रहार उसा नाथ बाधक बन्न पुगिन । ३६ मिनेटमा रश्मिको गोल सँगै अग्रता लिएको ए पी एफले ४३ मिनेटमा दोब्बर बनाउने वान भर्षेस वानको अवस्थामा रश्मिको प्रहार फितलो बन्न पुग्यो ।
मध्यान्तर अघिको अतिरिक्त समयमा अनिता बस्नेतको निकै राम्रो अवसर गोल रक्षक उसा नाथले बचाइन । ४९ मिनेटमा अनिताले प्रहार गरेको कर्नर लाई रश्मिले सुट गरेकी थिइन तर गोल रक्षकको हातमा प-यो उनले सहजै नियन्त्रणमा लिइन । ६२ मिनेटमा सरु लिम्बुको प्रहार गोल पोस्ट माथिबाट आकासिएर दर्शकमाझ पुग्दा निर्धारित समयको अन्तिमतिर अनिता बस्नेतले पाएको अवसर खेर गयो ।
यता नेपाल प्रहरीले पनि अवसर भने नपाएको हैन । खेलको १५ मिनेटमा मिना देउवाको प्रहार गोल रक्षक सावित्रीको हातमा प¥यो । २३ मिनेटमा सुस्मा तामाङले अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकिनन् । २४ मिनेटमा अनुस्का शेर्पाको अवसर किपरले विफल बनाइदिँदा २८ मिनेटमा मिनाको प्रहार सावित्रीको हातमा प¥यो । ४२ मिनेटमा मिना देउवाले गोल बराबरी गर्ने अवसर पाए पनि सदुपयोग हुन नसक्दा मध्यान्तर अघिको अतिरिक्त समयमा पाएको अवसरबाट निरु थापा चुक्न पुगिन । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले ५९ मिनेटमा निरु थापाको क्रस पासमा अनुस्का बस्नेतले अवसर पाए पनि सदुपयोग हुन सकेन ।
६६ मिनेटमा पूजा रानाको कर्नर प्रहारमा मिना, निर्मला निरुले लगातार गोल पोस्टमा प्रहार गरे पनि ए पी एफका खेलाडीले विफल बनाइदिए । ६९ मिनेटमा निर्मला उपाध्याय खेल बराबरी गर्ने अवसरबाट चुकिन । ७७ मिनेटमा अमृता जैसीको निकै राम्रो फी किक प्रहार गोल रक्षक सावित्रीले पञ्च मार्फत रोकिन । ८७ मिनेटमा मिना देउवाको निकै राम्रो अवसर गोल पोस्टमा नपरेपछि पुलिस सेमिफाइनलबाटै बाहिरिन पुगेको छ । खेलको प्लेयर अफ द म्याच ए पी एफकी अनिता बस्नेत घोषित भइन । अब शनिवार नेपाल आर्मी र एपीएफ बिच फाइनल खेल हुने छ ।
ओए सीस क्लब इलामको आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोड कप विजेताले नगद रु ४ लाख आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको टोलीले नगद रु २ लाखमा चित्त बुझाउने छ ।






