उदयपुर । पिकअपको ठक्करबाट बिहीबार साझ घरमा बसि रहेकी हात्तीमारा टोलका दुई दिदि बहिनीको ज्यान गएको छ । घरको बरन्डामा सुपाडी काटी राखेकी ती बालिकाद्धयलाई सामान बोकेर फर्निचर कारखानातर्फ आउदै गरेको प्र १०५००१ च ००९१ नम्बरको बोलेरो पिकअप भ्यानले बेलुकी ७ बजे ठक्कर दिदा त्रियुगा नगरपालिका– १२ हात्तीमाराका ललन दासकी १४ वर्षिय छोरी अनुकुमारी दास र १० बर्षिया छोरी देबीकुमारी दासको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हात्तीमारास्थित कारखाना तर्फ जादै गरेको बेला पिकअप अनियंत्रित भएर घरमा पसेको स्थानीयबासीले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गाईघाटस्थित हिमशिखर फर्निचरको पिकअपले ठक्कर दिँदा एकै परिवारका दिदीबहिनीको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउने त्रियुगा नगरपालिका– १२ हात्तिमारास्थित सप्तरी जिल्ला राजविराज घर भै त्रियुगा नगरपालिका– १२ हात्तिमारामा राजेन्द्र मैनालीको घरमा भाडा गरी बस्दै आएका ललन दासको दुई रहेको प्रहरीले जनाएको छ । सवारी चालक त्रियुगा नगरपालिका– ९ गैरुनका १८ वर्षिय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटना प्रकृति मुचुल्का तयारी गरि लास उठाएर जिल्ला अस्पताल बोक्सेस्थित शबगृहमा राखिएको छ । पिडितहरुले भने दोषीलाई नियन्त्रणमा लिन माग गर्दै लास उठाउन दिएका थिए । पिकअप चालक फरार रहेकाले तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै पिडितले बिहिवार राती साँढे ११ बजे मात्र लास उठाउन दिएका थिए । उनीहरुले पिकअपमा दुई जना रहेको त्यस मध्ये गाडी चलाउने भागेको र अर्कोलाई नियन्त्रणमा लिएको भन्दै लास उठाउन दिएका थिएनन् ।






