मन्त्री साहद्वारा श्रद्धाञ्जली

सप्तरी, राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले पत्रकार मनोज कुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका छन् ।

आइतबार माझीको निवासमै पुगि उनले स्व. कमलादेवी माझीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका हुन् ।

सो अवसरमा स्व. माझीका पुत्र मनोज कुमार माझी (एमके माझी) ले शोकाकुल घडीमा उपस्थित भई सम्वेदना र सद्भाव प्रकट गरेकोमा मन्त्री साहप्रति कृतज्ञता व्यक्त गरेका थिए । मन्त्री साहसँगै जेष्ठ नागरिक समाजका अध्यक्ष शंकर सारदा समेतको उपस्थिति रहेको थियो । राजविराज ४ निवासी ७८ वर्षिया माझीको गत सोमबार ह्दयघातबाट निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ