काठमाडौं । शुक्रवार १ चैतबाट रिलिज हुने नेपाली चलचित्र राजागंजको हिजो बुधवार काठमाडौँमा प्रिमियर गरियो । यो चलचित्रको प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ ।
चलचित्र राजागंज विगत चार दिन देखि सेन्सरको चपेटामा परेको छ । यो चलचित्रमा केही वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमा तराई आन्दोलनको ’boutमा बोलेको एउटा दृश्यलाई राखिएको छ । जुन दृश्यलाई हटाएपछि मात्र सेन्सर पास भएको प्रमाणपत्र आफुहरुले दिएको सेन्सर बोर्डका पदाधिकारीले बताएका थिए ।
सेन्सर बोर्डका एक सदस्यले राजधानीसँग भने,‘प्रधानमन्त्री ओलीले एउटा सञ्चार माध्यमसँग बोलेको कुरा उहाँहरूले कथानक चलचित्रमा प्रधानमन्त्रीको अनुमति नलिई राख्नु भएकाले त्यो विवादास्पद दृश्यलाई हामीले काट्नु परेको हो । यदि यो चलचित्रका निर्माण पक्षले त्यो दृश्य राख्नको लागि प्रधानमन्त्रीको अनुमति ल्याउनु भएको थियो भने हामी काट्ने थिएनौँ ।’
अन्ततः त्यो दृश्य काटेर चलचित्रलाई सेन्सर बोर्डले पास गरेको छ । यता चलचित्र राजागंजका निर्देशक दीपक रौनियारले विरोध स्वरूप आफ्नो चलचित्रको सेन्सरले काटेको दृश्यमा खाली राख्ने बताए । उनले त्यहाँ कुनै पनि दृश्य नराख्ने र त्यो ठाउँमा सेन्सरले काटेको भनेर सूचना हाल्ने बताएका छन् । प्रधानमन्त्रीको मिडियामा सार्वजनिक अभिव्यक्ति चलचित्रमा राख्न नपाउनु दुःखद पक्ष भएको पनि उनले बताए ।

बिहीबार दुई नेपाली चलचित्र अञ्जिला र आउटल : दफा २०१९ रिलिज भएको छ भने शुक्रवारबाट राजागंज प्रदर्शन हुँदै छ । यी दुई चलचित्र भन्दा राजागञ्जले कम शो पाएको छ । यो चलचित्रले क्युफएफएक्स काठमाडौँ चेन हलहरुमा जम्मा १३ वटा शो शुक्रवारको लागि पाएको छ । जबकि नयाँ दुई चलचित्र अञ्जिलाले क्युएफएक्स काठमाडौँ चेनमा १७ शो पाएको छ भने अर्को चलचित्र आउटल ः दफा २१९ले १६ शो पाएको छ । अन्य चलचित्र घरमा पनि बाँकी दुई चलचित्र भन्दा राजागंजले कम शो पाएको छ ।
अन्तर्राष्ट्रिय भेनिस फिल्म फेस्टिभलमा चलचित्र राजागंजले करिब ५ मिनटको स्ट्यान्टिङ अवेसन (उठेर ताली बजाउँदै गरिएको सम्मान) पाएको थियो । तर बुधवार बेलुका काठमाडौँमा भएको प्रिमियरको समापनमा नेपाली दर्शकले यो चलचित्र सकिएपछि उठेर ताली पनि बजाएनन् र सम्मान पनि दिएनन् । नेपालमा स्ट्यान्टिङ अवेसन नपाएको ’bout सञ्चारकर्मीको जिज्ञासामा निर्देशक दीपक रौनियारले चलचित्र हेरेपछि अन्त्यमा ट्यान्टिङ अवेसन मार्फत सम्मान दिनुपर्छ भन्ने ज्ञान यहाँका दर्शकमा नभएको बताए । तथापि आफ्नो चलचित्र राम्रो बनेको प्रतिक्रिया पाएको उनले जिकिर गरे ।
बुधवार बेलुकाको प्रिमियर शोमा भने सेन्सर नगरिएको प्रिन्टबाट यो चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्रलाई प्रिमियर शोमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशकहरू नवीन सुब्बा, मनोज पण्डित, दीपेन्द्र लामा, अभिनेत्रीहरू केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्केलगायतले हेरे ।
मधेस आन्दोलनको क्रममा उत्पन्न मधेसी र पहाडी समुदायबिच घटित विभिन्न घटना क्रमलाई सूक्ष्म ढंगले देखाइएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताए । उनले मधेस आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको प्रत्यक्ष साँची भएको नाताले यो चलचित्र धेरै वस्तुवादी तथ्य परक बनेको बताए । उनले सेन्सरको पनि विरोध गर्दै भने,‘मलाई दुख के लाग्यो भने जुन चलचित्र आज हामीले हेर्न पायौँ, पूर्ण रूपमा त्यसका केही महत्त्वपूर्ण अंशहरू काटिएको छ भन्ने सुने । मैले बुझे अनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त चलचित्रको टाउकै काटिए जस्तो हुन्छ ।’
यता महिला नेतृ हिसिला यमील राजागंजलाई फरक चलचित्र लागेको प्रतिक्रिया दिइन् । उनले मधेस आन्दोलन’bout चलचित्र भन्दा पनि दस्ताबेज हेरेको जस्तो लागेको बत्ताइन् । उनले राजागंज जस्तो चलचित्रको कुनै पनि दृश्य नकाटी रिलिज गरिनु पर्ने भनाई पनि राखिन् ।
निर्देशक नविन सुब्बा,मनोज पण्डित लगायतले यो चलचित्र घरमा देखाइने व्यावसायिक भन्दा पनि विशेष चलचित्र राजागंज भएको रूको प्रतिक्रिया थियो । यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि आफूहरूलाई चलचित्र मन परेको प्रतिक्रिया दिए । चलचित्र राम्रो बनेको तर आम दर्शकले यसलाई कसरी लिन्छन् भन्ने कुरा अहिले नै भन्न नसक्ने प्रतिक्रिया उनीहरूको थियो । यी दुईले चलचित्र हेर्न दर्शकलाई अपिल गरे ।
बाँकी चलचित्रकर्मीहरूले राजागंजको प्रशंसा गर्दै केहीले यो चलचित्रलाई डक्यु ड्रामाको रूपमा आफूले पाएको बताए भने केहीले वृत्तचित्र जस्तो लागेको पनि प्रतिक्रिया दिए । केही भने फरक चलचित्र हेर्न पाएको बताए ।
यसका शीर्ष अभिनेता दयाहाङ राईले सवैबाट राम्रो प्रतिक्रिया पाउँदा खुसी छु भने । यसकी मुख्य अभिनेत्री आशा मगरातीले आफूले प्रिमियर शोमा पाएको प्रशंसा दर्शकबाट पाउने विश्वास व्यक्त गरिन् ।
सम्बन्धित समाचार











