सप्तरी । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले पत्रकार मनोजकुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका छन् ।
सोमवार बिहान माझीको निवासमै पुगि उनले स्व. कमलादेवी माझीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका हुन् ।
मन्त्री साहसँगै हनुमाननगर कंकालनी नगरपालिका नगरप्रमुख शैलेशकुमार साह, जसपाका नेता सुनिलकुमार झा, युवा नेता बिनोदकुमार यादब, मंन्त्रीका स्वकीय सचिव राजकुमार यादब, प्रेस मंचका केन्द्रीय सचिव चन्दनकुमार यादबको उपस्थिति रहेको थियो ।
सो अवसरमा स्व. माझीका पुत्र मनोजकुमार माझी (एमके माझी) ले शोकाकुल घडीमा उपस्थित भइ सम्वेदना र सद्भाव प्रकट गरेकोमा मन्त्री साहप्रति कृतज्ञता व्यक्त गरेका थिए । राजविराज ४ निवासी ७८ वर्षिया माझीको गत सोमबार ह्दयघातबाट निधन भएको थियो ।






