महाराजगंज चिकित्सा क्याम्पसमा नेविसंघका विवेक प्यानलसहित बिजयी

काठमाडौं । महाराजगंज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघका विवेककुमार यादव प्यानलसहित निर्वाचित भएका छन् ।

यादव ८ सय ४१ मत प्राप्त गरी बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियका उम्मेदवार पंकज गुप्ताले ७ सय ४ मत प्राप्त गरे । अन्य पदाधिकारी र सदस्यमा समेत नेविसंघको पुरै प्यानल निर्वाचित भएको छ । निर्वाचन अधिकृत प्रा.डा. निर्जु रन्जितका अनुसार सचिव र कोषाध्यक्ष पदमा सोही प्यानलका क्रमशः याशिका यादव (८२५) र सागर चौलागाई (८६९) मत ल्याई निर्वाचित भएका छन् ।

सातवटै सदस्य पदमा समेत नेविसंघका केशवराज अर्याल, सृजना कुमारी शाही, धनुष न्यौपाने, राजु कापर, निर्जल भण्डारी, नवीन जोशी र तरन्नुम खातुन निर्वाचित भएका छन् । स्ववियु निर्वाचनमा १ हजार ६ सय ७१ मतदाता मध्ये १ हजार ५ सय ९८ जना विद्यार्थीले मतदान गरेको निर्वाचन अधिकृत रन्जितले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लागूऔषधको ट्रान्जिट बन्दै कोशी : लागूऔषध सहित २३ जना प्रहरीको फन्दामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक