त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा सभापतिमा अखिल क्रान्तिकारी बिजयी

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्वतन्त्र बिद्यार्थी युनियनको सभापति अनेरास्ववियू क्रान्तिकारी जितेको छ । बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर बिजयी भएका हुन् । उनले ३ सय ९० प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल बिद्यार्थी संघका कृष्ण अर्यालले ३ सय ४२ मत प्राप्त गरेको निर्वचन अधिकृत जीवनबहादुर थापाले बताए ।

त्यस्तै सचिबमा नेपाल बिद्यार्थी संघका शुसिल बस्यालले ५ सय १७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३ सय ३२ मत पाएका छन् । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४ सय १६ मत प्राप्त गरेकोमा उनको निकटतम् प्रतिद्वन्द्वी गंगादेवी बाह्घरेले ३ सय ४५ मत पाएकी छन् ।

सदस्यहरूमा नेपाल विद्यार्थी संघकी आशिका विश्वकर्माले ३ सय ९०, ज्योति दर्लामीले ४ सय २६, तोरण रास्कोटीले ३ सय ८७, नविन थापा ३ सय ९८, बबिता थापाले ४ सय ५, सुजल भटराईले ४ सय ५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३ सय ६० मत प्राप्त गरी विजयी भएका छन् ।
कुल मतदाता १ हजार ८ सय ९४ रहेका त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको निर्वाचनमा १ हजार २ सय २८ मत खसेको थियो ।

यस्तै रामपुर नगरपालिका स्थित शहिद बहुमुखी क्याम्पसमा भने मत गणना स्थगित भएको छ । ७ सय १३ मतदाता रहेको क्याम्पसमा ५ सय ७१ मत खसेको थियो । जसमा ९७ मत गणना गर्न बाँकी रहदा विवाद उत्पन्न भएपछि मनगणना स्थागित भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्