लाहानमा गोली चल्यो, राहत पाउनुपर्नेको नाम वडाले छुटाएपछि वडा कार्यालय घेराउ

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा राहत लिन पुगेका सर्वसाधारण नागरिकमाथी प्रहरीले गोली चलाएको छ । मिर्चैया नगरपालिका –७ फुलबरियामा वडा अध्यक्षले राहत पाउनुपर्नेको नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेका थिए ।

प्रहरीले भीड तितरबितर गर्न ९ राउन्ड हवाई फायर दावी गरेको छ । स्थानियले प्रहरीले हवाई फायर र लाठी प्रहार गरेको जानकारी दिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले वडा कार्यालमा ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए ।

स्थानियले वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै २ दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएका थिए । वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !