सिराहाका सिडियो गृह मन्त्रालय  तानिए

सिराहा । दलितको घर खाली गरेको प्रकरणलाई लिएर सिरहाका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई सिरहावाट गृह मन्त्रालय, काठमाडौंमा  तानिएको छ ।

गृह मन्त्रालयका अनुसार उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको समाचार बाहिरिए पछि उनी बिबादमा परेका थिए । सोही घटनाले संसद देखी मिडियासम्म लामो बहस भएको भोलीपल्ट सो बिषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते