कामनाद्वारा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

सप्तरी । सप्तरी सदरमुकाम राजविराज स्थित कामना सेवा विकास बैंकले साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार कलेजका विद्यार्थीहरुलाई समेटेर वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयेजना गरिएको हो ।

राष्ट्रबैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधि’bout जानकारी दिने र लगानीका क्षेत्र’bout सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्यनारायण मुखियाले जानकारी दिए ।

‘ग्लोवल मनी विक’ मुलतः किशोर किशोरी तथा युवा युवतीमा वित्तिय शिक्षाको महत्व’bout जागरण ल्याउने उद्देश्य रहेको उनको भनाई छ ।

कार्यक्रममा शाखा प्रबन्धक मुखियाका साथै शाखाका समन्वय प्रबन्धक प्रशान्त भगत, रत्न यादव कलेजका संचालक सदस्य केशव झा, प्राध्यापक राजदेव यादव लगायतले वित्तिय शिक्षाको महत्व र वित्तिय सेवाका आधारभूत पक्ष’bout विद्यार्थीहरुलाई ज्ञान बाँडेका थिए ।

अभियानको स्थायी नारा सिक, बचाउ, कमाउ र बचत गरों रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले प्रदेशमा उम्मेदवार छान्न सहमहामन्त्री खटाउने