बरिष्ठ पत्रकारको हृदयघातवाट निधन

भक्तपुर । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको आज निधन भएको छ । आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको जनाइएको छ ।

पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक बस्नेत रासस र गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत हुन्। गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य