उदयपुरको बेलकामा बनमारा घारीभित्र ८ सय ९१ किलो गाँजा

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अहिले सम्म कै ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजा सनिवार राती बरामद गरेको छ । उदयपुरको बेलका नगरपालिका–६ असारे मूर्तिखोला किनारामा बनमारा झाडीमा लुकाईछिपाई राखेको बेवारीसे ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प रामपुरठोक्सिला र राष्ट्रिय अनुसन्धान बिभागबाट खटिएको संयुक्त प्रहरी टोलीले ३९ वटा बोरा भित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा सो ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए । बेवारिसे अवस्थामा फेला पारेको सो प्रतिबन्धित लागु औषध गाँजा अहिले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखिएको छ । सो गाँजा कता लैजान भण्डारण गरिएको र त्यसमा संलग्न व्यक्तिहरुको खोजी कार्य भर्इ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलबाट बरामद गरिएको गाँजाको ’boutमा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ । बरामद गरिएको गाँजा कसले कता लैजादै गरेको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाई छ । गाँजा भण्डारण गरिएको स्थान इप्रका रामपुरबाट ५ किलोमिटर पश्चिम दूरीमा अवस्थित रहेको छ ।

भारत तर्फ लैजान तयार गरि राखेको अवस्थामा गाँजा बरामद गरिएको अनुमान गरिएको छ । सो गाँजा कहाँबाट आएको हो, कस्ले ल्याएर भण्डारण गरेको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरको पुर्वि भाग खोटाङ, भोजपुर, धनकुटामा उत्पादित प्रतिबन्धित गाँजा सुरक्षाकर्मिको आँखा छलेर सप्तकोशीमा बाँसको चेफा मार्फत ओसार पसार गर्दै आएको पाईन्छ । सप्तकोशीमा बाँसको चेफा माथि राखेर प्रतिबन्ध लागु औषध गाँजा ओसार पसार गर्ने गरेको सुरक्षाकर्मिले बरामद गरेको थियो ।

सप्तकोशीस्थित बाँसको चेफा मार्फत उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिक जसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजा समेत ओसार पसार हुने गरेको छ । सो क्षेत्रमा सप्तकोशीमा बाँसको चेफा, ग्रामिण भेगमा सञ्चालन हुने बोलेरो तथा नक्कली नम्बर प्लेट राखि सवारी साधानमा अबैध गाँजा ओसार पसार हुँदै आएको बिगतमा प्रहरीले बरामद गरेको सवारी साधानबाट खुल्न आएको छ ।

त्यसैगरी प्रहरीले सनिवार राती कटारी, त्रियुगा, चौदण्डीगढी नगरपालिबाट गरी करिब आधा दर्जन बढी सेवन तथा कारोबारीमा संलग्न युवाहरु पक्राउ गरेको छ । पछिल्लो समय उदयपुरमा लागु औषध कारोवार गर्ने र सेवनकर्ताको संख्या ह्वात्त बढेर गएको सरोकारवाला बताउछन् । प्रहरीले पनि न्यूनीकरणका लागि सक्रिय रुपमा अभियान र विशेष अपरेशन संचालन गर्दै आएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुर सनिवार राती नै चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– १२ सनि मन्दिर नजिकबाट प्रतिबन्धित लागु औषध सहित दुई जना युवालाई नियन्त्रणमा लिएका छन । नियन्त्रणमा लिएकोमा त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय रोहित झा र १८ वर्षिय विवेक बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीरुको साथबाट Tramadol Hydrochloride ३५ ट्यावलेट र Dicyclomine २५ ट्यावलेट गरी ६० ट्यावलेट प्रतिबन्धित लागु औषध बरामद गरिएको जनाएको छ । नियन्त्राण्मा लिएको दुबै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थप अनुसन्धान भर्इ रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ