Monday, May 17, 2021
Home Editor-Picks उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी

उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी

,

काठमाडाैं । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई समेत ठूलो मार परेकाले केही खुकुलो बनाउने तयारी थालेको हो ।

आर्थिक क्रियाकलापमा केही खुकुलो बनाउने र विभिन्न तीन तहमा विभाजन गरी आवश्यक निर्णयको तयारीमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । उनका अनुसार आजै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बस्ने कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी तय गर्ने र उद्योग प्रतिष्ठान कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी भएको मन्त्री भट्टको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको श्रव्यदृश्य अन्तक्र्रियामा मन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलन नदिन सबैभन्दा महत्वपूर्ण उपायको रूपमा लकडाउन नै भएकाले यसलाई आम नागरिकले समेत स्वीकार गरेको धारणा राखे । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउन जारी भए पनि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको मापदण्डलाई ध्यान दिँदै केही आर्थिक क्रियाकलाप गर्न दिने गरी वस्तुगत योजनाको तयारीमा आफूहरु लागिपरेको उनको भनाइ छ ।

सरकारले पहिलो चरणमा खाद्य तथा अत्यावश्यक उद्योगलाई सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै दोस्रो चरणमा निर्माणका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने र तेस्रो चरणमा निर्यातमूलक सामान उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

कोरोना सङ्क्रमणको वस्तुगत अवस्थालाई विशेष ध्यान दिएर रेड, एल्लो र ग्रिन जोन गरी तीन भागमा विभाजन गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ । “सामान्य छलफल यही दिशामा अगाडि बढेको छ तर अझै क्षेत्र भने पहिचान गरिएको छैन ।” उनले भने  समग्र पक्षको अध्ययन गरेर बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्ने मन्त्री भट्टले जानकारी दिए । “नयाँ अवधारणा तयार गरेर उपयुक्त निर्णय लिन्छौँ । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएका विषयमा हामी जानकार छाैं ।”

उद्योग सञ्चालनको कार्यविधि पनि तम्तयारी हालतमा रहेको छ । सामाजिक दूरी कायम गर्ने, मास्क, पञ्जा, स्यानिटाइजरको प्रयोगजस्ता सुरक्षाका सामान्यभन्दा सामान्य उपायका विषयमा समेत कुनै कन्जुस्याइँ नगरिने र पूर्णरूपमा कार्यान्वयन गरिने उनको भनाइ छ । मन्त्रालयले उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्स तथा श्रमिक र मजदुरका सङ्गठनसँग पनि निरन्तर सम्वादमा गरिरहेको छ ।

तत्काल इन्धनको मूल्य घट्दैन

विश्वव्यापीरूपमा नै इन्धनको मूल्यमा ठूलो गिरावट आएपनि वस्तुगत धरातलमा रहेर हेर्दा तत्काल मूल्य समायोजन गर्ने पक्षमा सरकार देखिएको छैन । मन्त्री भट्टले तत्काल सरकारले इन्धनको मूल्यमा के–कसरी समायोजन गर्ने भन्ने विषयमा छलफल भएपनि आवश्यक निर्णय भने नभएको बताए। नेपाल आयल निगमले कमाएको नाफा कोरोना उपचार कोषमा पठाइएको उनको भनाइ छ । “माग पनि कम भएकाले नाफा पनि कम नै भएको छ, प्राप्त भएको नाफा पनि कोरोना कोषमा जम्मा गरिएको छ । जसका कारण मूल्य नघटाएको हो”, उनले भने ।

निगमले सोमबार मात्रै कोरोना कोषमा रु ५० करोड रकम जम्मा गरेको मन्त्री भट्टले जानकारी दिए । उनले अवस्था सहज हुने अवस्थामा भने आफूहरुले उपयुक्त निर्णय लिने बताए। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले खरिद गर्ने सबै पेट्रोलियम पदार्थमा नाफा छ ।

स्थानीय उत्पादनको बजारीकरण

राजधानी वरपरका जिल्लाबाट कृषि उपज भित्र्याउनेतर्फ विशेष पहल गरिएको उनको भनाइ छ । स्थानीय उत्पादन दूध, तरकारी, फलफूल सहजरूपमा ल्याउन पहल गरिएको जानकारी दिँदै उहाँले कृषकको उत्पदन सहजरूपमा भित्र्याउन स्थानीय तह र स्थानीय जिल्ला प्रशासनसँग समन्वय गरिएको मन्त्री भट्टले जानकारी दिए । धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर र नवलपरासीका उत्पादन ल्याउन स्थानीय सहकारी संस्थालाई पनि अनुरोध गरिएको र आपूर्ति प्रणाली सहज बनाउन विशेष प्रणाली स्थापना गरिएको उनको भनाइ छ ।

यस्ता छन् आगामी योजना

आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक क्षेत्रलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको छ । विशेषगरी खानीसँग जोडिएका उद्योगलाई विशेषरूपमा अगाडि बढाउने तयारी गरिएको छ । यस्तै उत्पादित वस्तुको भण्डारण वितरण प्रणाली, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउने, खर्च घटाउने, लघु तथा घरेल साना उद्योगको विकासको कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम र बजेटको तयारीमा आफूहरु जुटेको मन्त्री भट्टको भनाइ छ ।

यस्तै आगामी आवमा रोजगारी बढाउने, औद्योगिक पूर्वाधार बढाउने तथा खानीको अनुसन्धानलाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ । यस्तै धौवादी फलाम खानीको उत्खनन र उद्योग सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी सिर्जना गर्ने, कृषिमा आधारित उद्योग स्थापना गर्ने, कृषि र अर्थ मन्त्रालयसँग समन्वय गरेर रुग्ण उद्योगलाई सार्वजनिक निजी साझेदारी ढाँचामा चलाउने गरी योजना बनाइने उनको भनाइ छ ।

वितरण प्रणाली प्रभावकारी : राज्यमन्त्री दुगड

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्योग प्रतिष्ठानमा श्रमिक धेरै राख्ने व्यवसथा भएका कारण अत्यावश्यक उद्योगसमेत पूर्ण क्षमतामा चलाउन समस्या भएको जानकारी दिए । सरकारले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएर अत्यावश्यक खाद्य पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालन गर्न दिने अनुमति दिएको भए पनि कच्चा पदार्थ तथा श्रमिकका कारण पनि सम्भव नभएको बताए ।

वितरण प्रणालीलाई प्रभावकारी बनाउन विशेष ध्यान दिइएको र बजार अनुगमनलाई प्रमुख प्राथमिकतामा राखिएका कारण विगतमा जस्तो उल्लेख्य गुनासो नआएको उनको भनाइ छ । थप सहजीकरण गरेर उद्योग प्रतिष्ठान सञ्चालनका लागि मन्त्रालयले आवश्यक व्यवस्था गरेको राज्यमन्त्री दुगडको भनाइ छ ।

उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोरोनाले निम्त्याएको समस्यासँग जुध्न सामूहिक प्रयत्न जरुरी रहेको बताए । श्रमिक, निजी क्षेत्र र सरकार सबै मिलेर समस्याको सामाना गर्नुपर्नेमा जोड दिँदै उनले बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुपर्ने, श्रमिकको पनि ध्यान दिनुपर्ने तथा सरकारको तर्फबाट पनि आवश्यक पहलको जरुरी रहेको उहाँको भनाइ छ । कोरोनाका कारण भएको क्षतिको बारेमा तथ्याङ्क सङ्कलनमा समेत आफूहरु लागिपरेको वरिष्ठ उपाध्यक्ष अग्रवालको भनाइ छ । रासस

(Visited 215 times, 1 visits today)
Loading comments...

आजको समाचार

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

साताका लोकप्रिय समाचार

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

सिंहदरबारमा ओली र नेपालविच छलफल

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल शुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल,...

कोरोना महामारी र खोपको विश्व राजनीति

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो...

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुव्वा गुरुङ नियुक्त

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख...

एभरेस्ट ग्यासले चीनबाट ४५ सय अक्सिजन सिलिन्डर ल्याउने

काठमाडौं । हाल खाना पकाउने एलपी ग्यासको कारोबारमा संलग्न निजी कम्पनी एभरेस्ट ग्यास उद्योगले चीनबाट ४ हजार ५ सयवटा अक्सिजन ग्यासका सिलिन्डर ल्याउने भएको...

ट्रेन्डिङ

‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि...

अपडेट : सिन्धुपाल्चाेककाे घुम्थाङ नागपुजेमा पहिराे जाँदा १२ जना बेपत्ता

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेक जिल्लाकाे बारबिसे नगरपालिकाकाे घुम्थाङ नागपुजेमा पहिराे जाँदा  १२ बेपत्ता भएका छन् घुम्थाङ नागपुजेमा आएकाे पहिराेले नापुले गाउँकाे गाउँका ७ घर बगाएकाे...

साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित भएपछि लिभरपुल...

कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

कालिकोट । विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ । कोरोना भाइरस संकमणका कारण...

चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ...

सीडीओ र समन्वय समितिको अधिकार कटौती किन नगर्ने ?

काठमाडौं । सर्वोच्च अदालतले देशभरको प्रमुख जिल्ला अधिकारीको अधिकारको विषयमा सरकारलाई प्रश्न गरेको छ । संघीय शासन व्यवस्थाअनुसार स्थानीय सरकार र प्रदेशलाई बलियो बनाउनुको...

मूल्यवृद्धि ६ दशमलव ७० प्रतिशत

काठमाडौं ।गत फागुनमा ६ दशमलव ७० प्रतिशत मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि साढे...

कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप

सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत...

सागका स्वर्णधारी नगदसहित सम्मानित

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ । पार्टी...

दुई वर्षपछि पक्राउ परेका थापा जेल चलान

सप्तरी, राजविराज । लागु औषध मुद्दामा दुई वर्षपछि पक्राउ परेका उदयपुरको गढीमाई गाउँपालिका ७ बस्ने पूर्ण बहादुर थापालाई अदालतले जेल चलान गरेको छ । मंगलबार...

दाङको बेलझुण्डीबाट कोरोना निको भएर ८ जना घर जाँदै

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर जाँदैछन् । दुई पटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई...

पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

पर्सा । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)