१३ दिनपछि फेला पर्‍यो बेपत्ता चिनियाँ नागरिकको शव

काठमाडौं । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्रुङमाको हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिकको शव सशस्त्र प्रहरीले चैत्र २३ गते फेला पारेको छ । अन्नपूर्ण वेशक्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका चिनियाँ नागरिक वर्ष २८ का ई चेङ्गयुङ यही चैत्र ११ गते सम्पर्कबिहिन भएका थिए ।

सो लगत्तै उनको खोजीकार्यमा परिचालित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थानसहितको सुरक्षा फौजले उनको शव चैत्र २३ गते दिउँसो साढे १२ बजे फेला पारेको हो । त्यसैगरी तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मस्र्याङ्दी नदिमा चैत्र २२ गते बेपत्ता भएका युवकको खोजीकार्य भईरहेको छ ।

सोही जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बस्ने अन्दाजी २० वर्षिय आशिष राना सो नदिमा डुवेर बेपत्ता भएको बताईएको छ । बेपत्ता आशिष रानाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र नं. २३ मनकामना गण तनहुँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा सत्तारुढ गठबन्धनबीच सहमति