गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा मानिसको कंगाल भेटिएको छ । मंगलबार गाउँपालिकाको वडा नम्बर ६ बेलपोखरी बस्ने ५५ बर्षिय रतन शाहीको कंगाल भेटिएको हो । घरमा एक्लै बस्ने गरेका उनी विगत दुई महिनादेखि सम्पर्कबिहीन थिए ।
उनको स्थानीय कालिकाबनमा कपडा र अस्थिपञ्चर भेटिएपछि स्थानीय केहरसिंह शाहीले शव रतनकै भएको पहिचान गरेका हुन् । सोमबार साँझ करिब नौ बजे कुकुरले एकजना व्यक्तिको टाउको खादैँ गरेको अवस्थामा वडा सदस्य सुन्दर कुँवरले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा गएको प्रहरी टोलीले खोज्दै जाँदा मंगलबार जंगलमा अस्थिपञ्जर भेटिएको प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)