९ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा नौ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । निगमको शुक्रबार आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।

निगमले गत आवमा तीन खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेकामा तीन खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।

निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी