दोहोरो दबाबमा देउवाः कांग्रेस–एमाले सम्बन्ध धर्मराउँदै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चिसिँदै गएको सम्बन्धको दूरी थप बढिरहेको छ ।

अन्तर्राष्ट्रिय र पार्टीभित्रकै नेताहरूका कारण कांग्रेस सभापति देउवा दोहोरो दबाबमा परेका छन् । अन्तर्राष्ट्रिय शक्तिको निरन्तरको दबाब र पार्टीभित्रैका नेताहरूले सरकारको लगातार आलोचना गर्न थालेपछि देउवा दोहोरो दबाबमा परेका हुन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, एनपी साउदसहितका नेताहरूले ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर निरन्तर विरोध गरिरहेका छन् । तर, सभापति देउवाले उनीहरूलाई रोक्ने अवस्था छैन । हालै बसेको पदाधिकारी बैठकमा देउवाले सार्वजनिक रूपमा सरकारको आलोचना नगर्न निर्देशन नै दिनुप¥यो । तर, नेताहरू चुप लागेर बस्ने अवस्था छैन ।

कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भई सरकार बनेको ९ महिना पुग्यो । तर, जुन सहमतिका साथ सरकार बनेको हो त्यसमा सरकारले राम्रो काम गर्न नसकेको कांग्रेसकै नेताहरूको भनाइ छ । यसबीचमा चीन भ्रमण गरेका प्रधानमन्त्री ओलीले भारतको समेत भ्रमण हुने आफैंले बताउँदै आएका थिए । त्यसका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणाले पटकपटक नयाँदिल्ली गएर वातावरण बनाउने काम गर्दै आएकी छन् । तर, ओलीको भारत भ्रमण गराउन उनी सफल हुन सकिनन् । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणासहित अझै भारत भ्रमण’boutमा प्रयासरत नै छन् । तर, भारतले रुचाएको छैन ।

‘अहिले कांग्रेस र एमालेका नेताहरूबीच पहिलाजस्तै सम्बन्ध छैन । दूरी बढ्दै गइरहेको छ, सम्बन्ध चिसिँदै गइरहेको छ । एकले अर्कोमाथि गर्ने विश्वासको वातावरण पहिलाजस्तो छैन, भारतसहित अन्तर्राष्ट्रिय दबाब अर्कै छ । अन्तर्राष्ट्रिय र पार्टीभित्रकै दबाब थेग्न नसक्ने अवस्थामा कांग्रेस सभापति हुनुहुन्छ । कसरी अगाडि बढ्ला अहिले भन्न सकिने अवस्था छैन,’ उच्च स्रोतले भने ।

प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमति कार्यान्वयन हुने कि नहुने शंकाकै अवस्था छ । गभर्नर नियुक्तिमा ओली र देउवाबीचमा सहमति भएको बताइए पनि ढिलाइ भइरहेको छ । ओली र देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत यो विषयमा छलफल गरेका छन् । सत्ता सहकार्यमा एकजुट रहेको सन्देश पनि दिएका छन् । तर, कतिपय कांग्रेस नेताले नै सरकारको आलोचना गर्दै आएका छन् । यही बीचमा कांग्रेसले आउँदै १७ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा नेताहरू कसरी प्रस्तुत हुने सोहीअनुसार देउवा अगाडि बढ्ने अवस्था आउन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।

यस्तै, सरकार बजेट ल्याउने गृहकार्यमा छ । यही बीचमा आइतबार (आज) कांग्रेस सभापति देउवा उपचारका लागि थाइल्यान्डको बैंकक जाँदै छन् । पत्नी एवं पराष्ट्रमन्त्री राणासहित बैंकक जान लागेका देउवा एक साता उतै बस्ने बताइएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निःसर्त कांग्रेसलाई समर्थन गर्ने बताइसकेका छन् । त्यसपछि नै हो कांग्रेस नेताहरूले सरकारको तिखो आलोचना गर्न थालेको र त्यसकारण देउवालाई दबाब परेको छ । तर, देउवाले प्रचण्डको प्रस्तावमा खासै चासो नदिएको पनि नेताहरू बताउँछन् ।

यो बीचमा एमालेले समेत भित्रभित्रै माओवादी केन्द्रसँग सम्बन्ध बनाउन लागेको बताइएको छ । बजेटसम्म कुर्ने, गभर्नर नियुक्तिलाई आफ्नो पोल्टामा पार्ने कांग्रेसको दाउ एमालेले बुझेको छ । ‘देउवा बैंकक गएको बेला एमाले र माओवादीबीच पनि नयाँ सहमति हुन सक्छ । वा दोहोरो दबाबमा रहेका देउवा र प्रचण्ड पनि मिल्न सक्ने अवस्था छ । भित्रभित्र अनेक छलफल र अनेक खेल जारी नै रहेको देखिन्छ,’ एक नेताले भने ।

बिचौलियाको कारण गभर्नर नियुक्तिमा ओली र देउवाबीच टकराब बढ्ने दाबी गरिएको थियो । तर, हालै बालुवाटारमा बसेको दुईदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रले गभर्नरको विषयमा पनि सहमति गरेको बताइन्छ । गभर्नरमा देउवाले अघि सारेका डा. गुणाकर भट्टको नामप्रति ओली पनि सहमत रहको बताइन्छ । भट्टलाई रोक्नका लागि अदालतमा पूरक निवेदन परिसकेको छ । त्यसको सुनुवाइ आइतबार (आज) हुने भनिएको छ ।

कांग्रेस सभापति देउवा दोहोरो दबाबमा परेको र गठबन्धन नै धर्मराउँदै गइरहेको बेला सरकारका मन्त्रीहरू भने दुई दलका बीचको सम्बन्धमा कुनै समस्या नभएको बताउँछन् । कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार कांग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या नभएको दाबी गरेका छन् । पोखरा पुगेका लेखकले सत्ता साझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’ उनले संविधानविरोधी एवं लोकतन्त्रविरोधी गतिविधि जनताले नरुचाएका बताए । तर, प्रचण्डले निरन्तर सरकारकै कारण संविधान र गणतन्त्रविरोधी गतिविधि बढ्दै गइरहेको टिप्पणी गर्दै आएका छन् ।

यसैबीच शनिबार प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा भेटघाट भएको छ । भेटमा गृहमन्त्री लेखक, एमाले नेता एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलको समेत सहभागिता थियो । नेताहरूका बीचमा संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न बैठक बसेको बालुवाटारले जनाएको छ ।

प्रधानमन्त्री ओलीका कानुन तथा मानवअधिकारसम्बन्धी सल्लाहकार खरेलको सक्रियतामा शान्ति प्रक्रियाको बाँकी रहेको एउटा महŒवपूर्ण पक्ष संक्रमणकालीन न्याय टुंग्याउन पछिल्लोपटक शीर्ष नेताहरूबीचका छलफल बाक्लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी