चीनको स्मलरीग महोत्सवमा छानियो लघु चलचित्र पाउलो

काठमाडौं । नेपाली लघु चलचित्र पाउलो (द सुज) चीनको स्मलरीग चलचित्र महोत्सवको लागि मनोनयनमा परेको छ । विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ चलचित्रहरूमध्ये ९८ चलचित्रहरू महोत्सवमा छनौट भएका थिए । महोत्सवका लागि फाइनलमा यो ९८ चलचित्रमध्ये पनि अवार्डको लागि २० ओटा चलचित्रहरू मनोनयनमा परेका छन् । जसमा नेपालबाट पाउलो चयन भएको छ । चीनको सेन्जेन सिटीमा २३ मे २५ मेसम्म आयोजना हुने स्मलरीग चलचित्र महोत्सव तथा अवार्डमा पाउलो प्रदर्शनसमेत हुँदै छ ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यो लघु चलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रूपमा उभ्याउने गरिए तापनि यस लघु चलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रूपमा उतार्ने प्रयास उनले यसमा गरेका छन् । मोहनको निर्देशनमा यस अघि घुर्रा, भाउ, द स्कुल वाल, दृश्य लगायतका लघु चलचित्रहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर अवार्डसमेत प्राप्त गरिसकेका छन् ।

यसमा प्रशान्त हुमागाईँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाइँले अभिनय गरेका छन् । काठमाडौँमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ निर्देशन, चक्र प्रसाद पोख्रेलको निर्माण व्यबस्थापन रहेको छ । पाउलोको छायांकन नारायण जिसी र सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् ।

लघु चलचित्र पाउलो पशुपति परिसरमा बस्ने परिवारविहीन एक सडक बालकको कथा हो । जुत्ताको लागि ती सडक बालकले गरेको संघर्षको कथावस्तु लघु चलचित्र पाउलोमा रहेको छ । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउँछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइ दिने कथा यसमा छ ।

लघु चलचित्र पाउलो यसअघि भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि चयनसँगै प्रदर्शन भएको थियो । यो लघु चलचित्र अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको किनो फेस्टिभल लाइट अफ द वल्र्ड, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन लगायतका थुप्रै चलचित्र महोत्सवहरूमा छनोटसमेत भएको थियो । छैटौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको (एनसिआईएफ) मा यो लघु चलचित्रले स्पेसल स्क्रिनिङ भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’