नेपाल सुपर लिग: ललितपुर र पोखरा उपाधि भिड्न्तमा

काठमाडौं । पोखरा थण्डर्सले नेपाल सुपर लिग (एनएसएल) २०२५ को फाइनल यात्रा तय गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न क्वालिफायर–टु मा साविक उपविजेता धनगढी एफसीलाई १–० ले हराउँदै पोखराले ऐतिहासिक रूपमा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

खेलको निर्णायक गोल इन्जुरी समयमा स्टेफेन समिर विनोङले गरेका थिए । उनको गोलले पोखरालाई उपाधि नजिक पुर्याएको हो । अब उपाधिका लागि पोखरा थण्डर्सले शनिबार साविक विजेता ललितपुर सिटी एफसीसँग भिड्नेछ । पोखराको फाइनल यात्रा क्लबको इतिहासमै ठूलो उपलब्धि मानिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी