नेपाल सुपर लिग: ललितपुर र पोखरा उपाधि भिड्न्तमा

काठमाडौं । पोखरा थण्डर्सले नेपाल सुपर लिग (एनएसएल) २०२५ को फाइनल यात्रा तय गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न क्वालिफायर–टु मा साविक उपविजेता धनगढी एफसीलाई १–० ले हराउँदै पोखराले ऐतिहासिक रूपमा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

खेलको निर्णायक गोल इन्जुरी समयमा स्टेफेन समिर विनोङले गरेका थिए । उनको गोलले पोखरालाई उपाधि नजिक पुर्याएको हो । अब उपाधिका लागि पोखरा थण्डर्सले शनिबार साविक विजेता ललितपुर सिटी एफसीसँग भिड्नेछ । पोखराको फाइनल यात्रा क्लबको इतिहासमै ठूलो उपलब्धि मानिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार