जन्ते बाख्रोको अंगुरको झुप्पो गीत रिलिज

काठमाडौं । निर्देशक सिमोस सुनुवारले आफ्नो नयाँ चलचित्र जन्ते बाख्रो तयार गरेका छन् । चलचित्र तयार भएसँगै उनले यो चलचित्रको रिलिज मिति पनि घोषणा गरेका छन् । चलचित्र जन्ते बाख्रो आगामी २३ जेठबाट रिलिज हुने उनले बताएका छन् ।

यसै क्रममा यो चलचित्रको गीत अंगुरको झुप्पो…को भिडियो उनले यति बेला सार्वजनिक गरेका छन् । गीतमा महेश काफ्लेको शब्द रचना तथा संगीत रहेको छ । गायनमा महेशलाई उनकै पत्नी अस्मिता अधिकारीले साथ दिएकी छन् । यो गीत लोक लयमा आधारित रहेको छ । गीतमा संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्माको अभिनय रहेको छ । भिडियोमा आशिफले गीत मार्फत गरिमाको तारिफ गरेर फकाउँदै गरेको कथा प्रस्तुत छ ।

यो चलचित्रका अन्य कलाकारमा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायत छन् ।

यो चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने यो चलचित्रमा मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ । जसमा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको छ भने यसका निर्माता सन्तोष गौतम हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे