बारा । मधेस प्रदेशका मुख्यमन्त्रीले बन्द गराएको अस्पताल नगरप्रमुखले संचालन गराएका छन् । अस्पताल अनुगमनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले बारामा बन्द गराएको अस्पताल कलैया उप-महानगरपालिकाको नगर प्रमुख विनोद साहले संचालन गराएका हुन ।
कलैयामा रहेका १२ वटा निजि अस्पतालहरु बन्द गर्न निर्देशन दिएको १२ घन्टा नबित्दै नगर प्रमुख बिनोद साहले अस्पताल संचालकहरुलाई अस्पताल खोल्न लिखित पत्र काटेर मुख्यमन्त्रीले बन्द गराएका अस्पताल संचालनमा ल्याएका छन् ।
कलैया उपमहानगरपालिकाले बन्द भएको अस्पतालहरुलाई संचालन गर्नका लागि स्थानिय स्यात शासन ऐन २०७४ अनुसार अस्पताल संचालन गर्नका लागि १५ वेडको अस्पताल संचालनका लागि दिएको ईजाजत अनुसार अस्पताल संचालन हुनुपर्ने नगरप्रमुख साहले बताएका छन् । अस्पताल संचालन नगरिए अस्पतालको अनुमति खारिजी गर्ने समेत पत्र मार्फत दिएको छ ।

स्थानीय सरकारले अस्पताल संचालन गर्न दिएको अनुमतिमा स्थानीय सरकारको अनुगमन गर्ने हकअधिकार भए पनि मुख्यमन्त्रीले बिना जानकारी हस्तक्षेप गरि पदको दुरुपयोग गरेको नगरप्रमुख साहले बताए ।
मुख्यमन्त्रीले अस्पताल अनुगमन गरे त्यसमा आफनो कुनै पनि असहमति नहरेको तर स्थानिय तहले दिएको अनुमतिलाई बहिष्कार गरि सिधै अस्पताल बन्द गर्ने शैली प्रति आफनो आपत्ति रहेको उनले बताए । परीक्षण कालमा रहेका अस्पतालमा स्टन्टबाजी गरि आफनो प्राईभेट नम्बरमा सम्पर्क गर्न भनेर अस्पताल बन्द गराउनु प्रति शंका उत्पन्न भएको साहले बताए ।
स्थानीय तहले दिएको अनुमतिलाई नगरपालिकाले परिक्षणका लागि तीन, छ र १२ महिना सम्मका लागि मात्र निजी अस्पतालहरुलाई केन्द्र सरकारको मातहतमा रही संचालनका लागि अनुमति दिएको नगरप्रमुख साहले बताए ।
स्थानिय तह वा स्थानिय तहले तोकेको सो तहको निकायले ईजाजतपत्र दिने र नवीकरण गर्ने प्रावधान अनुसार स्वास्थ्य क्लिनिक, आयुर्वेद क्लिनिक, सोवारिग्पा (आम्ची ) क्लिनिक, होमियोप्याथी र यसै प्रकारको अन्य क्लिनिकहरु संचालन गर्न भनिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बताएका छन् ।
फिजियो थेरापी केन्द्र, पुर्नस्थापना केन्द्र, प्राकृतिक उपचार केन्द्र, अकुपंन्चर, अकुप्रेसर, युनानी उपचार केन्द्र, योग ध्यान तथा शारिरिक ब्यायाम केन्द्र, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिक तथा सेवा केन्द्र, जोरियाट्रिक परामर्श केन्द्र, डि र ई वर्गको प्रयोगशाला र १५ शैयाको अस्पताल सहित ७३ संस्थालाई वटालाई संचालन गर्नका लागि कलैया उपमहानगरपालिकाले निजी अस्पताल, अस्पताल तथा क्लिनिकहरुलाई आदेश दिएको छ ।
बन्द गरिएका अस्पतालहरुमा समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटललाई संचालन गर्न नगरप्रमुखले पत्र काटेको छ ।
मुख्यमन्त्री सिंहले अनुगमनपछि मापदण्डविपरीत शल्यक्रिया (सर्जरी सेवा), आकस्मिक कक्ष तथा नवजात शिशुहरूको आकस्मिक सेवा (एनआईसियु ) सञ्चालन गरिरहेकाले बन्द गर्न निर्देशनले स्थानीय बुद्धिजीवी आर्जित भएका छन् ।
स्वास्थ्य जस्तो संवेदनशील संस्थामा स्टन्टबाजी नगरि सर्वसाधारणको स्वास्थ्यको मध्यनजर गरि प्रभावकारी सेवा दिइरहेकोलाई बन्द गर्नु गैर जिम्मेवारीपनको पराकाष्ठा रहेको नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए । सुधार गर्नु नै छ भने आफ्नो मातहत रहेको प्रादेशिक अस्पतालमा वर्षौ देखि औषधी बिना न्युनस्तरका जनता त्राहिमाम बनेका छन् । तलब बिना स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । यी कमी कमजोरीलाई सुधार गर्नुस जनताको विश्वास जित्ने काम गर्दा जनता स्वयम सरकारी अस्पताल प्रति आकर्षण बढने दासले बताए ।
मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पब्लिक हेल्थ अफिसर एवं अस्पताल अनुगमन समिति सदस्य सचिव सन्तोष कुमार ठाकुरका अनुसार सबै अनुगमन गरिएका अस्पतालहरू मापदण्ड उल्लङ्घनमा संलग्न पाइएकोले १५ शैयाको अनुमति लिएर २५ शैयाको सेवा सञ्चालन गर्नु, पूर्वाधार र दक्ष जनशक्ति बिना आकस्मिक सेवा सञ्चालन गर्नु गम्भीर अपराध भएकोले बन्द गरेको उनले बताए ।
गत माघ २५ गतेदेखि प्रदेशभरि निजी अस्पतालहरूको अवस्था बुझ्न सुरु गरिएको अभियान अन्तर्गत अहिलेसम्म एक सय ९२ वटा निजी अस्पताल अनुगमन गरिसकेका छन् । तीमध्ये एक सय ३४ वटाले मापदण्ड उल्लंघन गरेको पाइएको अस्पताल अनुगमन समितिका सदस्य सचिव ठाकुरले हाल सम्म बारामा निजगढ र कलैयामा २१ वटा निजि अस्पतालको अनुगमन गरेको समेत बताए ।
मुख्यमन्त्रीले बन्द गरेको अस्पताल नगरप्रमुखले खोलेको विषयमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसंग बुझदा आफुलाई मुख्यमन्त्रीबाट हैन कि समाजिक संजालबाट जानकारी भएको भनी गैर जिम्मेवार जवाफ दिएका छन् । मुख्यमन्त्रीको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा खटिने र अनुगमन ’bout केही जानकारी नभएको भन्दा आफुलाई लिखित जवाफ आए मात्र केही गर्ने जवाफ दिए ।