सुरुङ्गाद्वारा क्षयरोग मुक्त पालिका पनि बनाउने तयारी सुरु

राजविराज । बालविवाह मुक्त घोषणा हुने मधेश प्रदेश कै पहिलो पालिका बनेको सप्तरीको सुरुङ्गा नगरपालिकाले पालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने तयारी पनि सूरु गरेको छ ।

यसै क्रममा पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी स्वरुप मंगलवार देखी क्षयरोगीको पहिचान र उपचारका लागी पालिका क्षेत्र भित्रका ३ स्थानमा “एक्टिभ केस डिटेक्सन कार्यक्रम”सूरु गरिएको छ ।

सुरुङ्गा नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालय भेडियामा आयोजित एक समारोह बीच नगर प्रमुख गीता चौधरीले उक्त कार्यक्रमको शुभारम्भ गरेकी छिन ।

सो अवसरमा उनले सुरुङ्गा नगरपालिकाका वासिन्दालाई क्षयरोग विरुद्ध जागरुक बनाई क्षयरोग बिनाको पालिका बनाउने उदेश्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइन । सुरुङ्गा नगरपालिकालाई २०८३ साल सम्म क्षयरोग मुक्त पालिका घोषणा गर्ने उदघोषका साथ उनले पालिकाद्वारा कायम गरिएको ३ वटा उपचार केन्द्रमा परिक्षण र उपचारका लागी आउन सबै संग आग्रह गरिन ।

“हामीले ३ वटा केन्द्र कायम गरी क्षयरोगको उपचार र परिक्षण दुबै निःशुल्क गर्ने व्यवस्था गरेका छौं, मेयर चौधरीले भनिन–रोग लागेकाहरुले निको नभए सम्म स्वास्थ्यकर्मीको सम्पर्कमा रहन र नियमित औषधी सेवन गर्न समेत अनुरोध छ ।”

क्षयरोगबाट जोगिन धुम्रपान र धुवाँधुलोबाट जोगिनु पर्ने भन्दै उनले यसबाट बच्न र बचाउन सबैले आ आफनो स्तरबाट समेत सहयोग गर्नु पर्नेमा जोड दिइन ।

क्षयरोगको परिक्षण र उपचारका लागी ११ वटै वडाका वासीन्दालाई पायक पर्ने गरी भेडिया, कुशहा र धाँती बाजारमा गरी ३ वटा सेन्टर कायम गरिएको छ । क्षयरोग निवारण केन्द्र भक्तपुुर तथा मधेश प्रदेश सरकार समेतको प्राविधीक सहयोगमा नगरपालिकाले चलाएको कार्यक्रम अन्तर्गत औषधीहरु पनि निःशुुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । आफ्नो नीती तथा कार्यक्रममा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार आवश्यक गतिबीधी सूरु गरिएको पालिकाले जनाएको छ ।

यस अघि २०७९ सालमा उक्त नगरपालिका बालविवाह मुक्त घोषणा भएको थियो । बालविवाह मुक्त घोषणा हुने सुरुङ्गा मधेश प्रदेश कै पहिलो पालिका हो ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग