सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुटने काम गरिरहेको छ : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा हैन, लूट मचाएको बताएका छन् । रुपन्देहीको पिप्रा महजिदिया बजारमा आइतबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुटने काम गरिरहेको बताए ।

‘सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्ष गर्ने त्यही सिमावर्ती क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरीले लुटने काम गर्नु दुखद हो,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । सिमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद्य खोस्ने र लुटने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद्य खोसिदिने सरकारको अपराध हो ।’

सिमावर्ती क्षेत्रमा भन्सार छलीको नाममा लुट मचाउने काम बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए । किसानलाई आवश्यक मलखाद नदिने तर कमिशनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने यो सरकारको अपराध भएको उनले बताए । मलखाद्यमात्रै नभई घरायसी प्रयोगका लागि सिमावर्ती क्षेत्रका जनताले कुनै समान ल्याउदा त्यसलाई सोस्ने र उसको नीजि सम्पती लुटने काम वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको बताए ।

‘कमिसनको नाममा अहिले सरकारी लुट मचाइएको छ । पुरस्कारको लोभमा सिमावर्ती क्षेत्रमा लुट मचाउने भएको छ । मन्त्री, आईजिपीसम्मले अदृश्य कमिशन लिईरहेका छन् । वास्तवमा सिमामा प्रहरीले कुनै समान पक्राउ गरेपछि त्यसवातप पाउने पुरस्कार पक्राउ गर्ने प्रहरीले नै पाउनुपर्ने होइन र? तर तलदेखी माथिसम्मकाले बाड़ी रहेका छन्,’ आजपा अध्यक्ष साहले भने ।

आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी