पोखरा । पाहुना टोली इरान प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालामा सोमबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–१ सेटमा हराउँदै उपाधिसहित नगद ४ लाख ४४ हजार ४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र पा¥यो । उपविजेता पुलिसले २ लाख ४४ हजार ४४४ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा ४ दिन चलेको प्रतियोगितामा इरान, भारतको टिमसहित विभागीय ३ र घरेलु गण्डकी प्रदेश भलिबल संघले भाग लिएका थिए ।
फाइनलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै पहिलोपल्ट उपाधिमा नाम लेखाउन सफल भएको हो । उसले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो ।
यसअघि, विभागीय एपिएफलाई ३–१ सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट २२–२५ मा एपिएफलाई सुम्पिएको थियो । चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रोसहित १ लाख ४४ हजार ४४४ प्राप्त ग¥यो ।