घरायसी झगडामा दम्पतीको मृत्यु

पोखरा । पोखरामा घरायसी झगडामा एक दम्पतीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा १७, बिरौटास्थित आयुर्वेद पथ बस्ने ५७ वर्षीय ऋषिराम बरालले आफ्नी कान्छी श्रीमती देवी पराजुलीको हत्या गरेका हुन् । साथै, उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ऋषिरामका २ श्रीमतीमध्ये उनी कान्छी देवी पराजुलीसँग बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले भने, ‘दुवै बीच घरायसी झगडा भएको देखिन्छ । घटनास्थलबाट २ वटा चक्कू र मेटासिनको खाली बट्टा पनि बरामद भएको छ ।’ मेटासिन खाए–नआएको भने पोस्टमार्टम रिपोर्टपछि थाहा हुनेछ ।

घटनामा घाइते श्रीमतीको सोमबार साँझ गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेका हुन् । श्रीमान्को भने मंगलबार बिहानमात्र मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब