देशभित्रै थुप्रै रोजगारी सृजना गर्न सकिने श्रममन्त्री भण्डारीको दाबी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन ।

बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनको संयुक्त आयोजनाका आयोजित अद्योगिक सम्बन्ध र श्रम नीति सम्बन्धी सेमिनारमा बोल्दै मन्त्री भण्डारीले रोजगारीलाई सिपसँग जोडन सके देश भित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे । बजारको माग अनुसार सिपयुक्त जनशिक्ती भएन त्यसलाई रोजगारसँग जोड नसकिने बताएका हुन । उनले भने, ‘बजारको माग अनुसार सिपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सिपयुक्त श्रमशक्ति हो ।’

मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने बताए । सरकार, टे«ड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस वा न्युन्तम ज्याला लगायतका बिषयमा सहमतीमा साथ अगाडि बढनु पर्ने उनले बताए ।

उनले कुनै पनि पक्षले एक अर्कामाथि आरोप लगाए पन्छिन नमिल्ने जिकिर गर्दै सबै पक्ष जिम्मेवार भएर देखिएका समस्याहरु सामाधन गर्नुपर्ने बताए । उनले भने, न्युन्तम ज्यालाका लागि एउटा त्रिपक्षीय समितिले काम गरी राखेका छन । यो समितिले एउटा ठोस निष्कर्ष सहित न्युन्तम ज्यालाका सम्बन्धमा प्रस्ताव गर्नेछ ।

मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरुको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरु संशोधन हुने बताए ।

उनले सरकारले ल्याएको यस नीतिबाट औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकहरुको हकमा लागु हुने बताए । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)