डुअल स्क्रिन ल्यापटप बजारमा

काठमाडौं । असुसले जेनबुक प्रो डुओ (यूएक्स५८१) र जेनबुक डुओ (यूएक्स४८१) नेपाली बजारमा ल्याएको छ । दि फ्युचर अफ कम्युटिङका रूपमा दुवै ल्यापटपमा स्टनिंग नयाँ डिजाइन, किबोर्डका साथमा दोस्रो टचस्क्रिन रहेको छ । नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ता, सिर्जनात्मक माभेरिक्स, कन्टेन्ट निर्माता, सम्पादक, गेमर, र मल्टिटास्किंग व्यवसायीको पूर्णताका साथ शिल्प गरिएको असुसको पछिल्लो जेनबुक शृंखलाले प्रयोगकर्तालाई उत्पादकत्व उजागर गर्न र अधिक क्षमता हासिल गर्ने अपेक्षा गरिएको छ । यसका अतिरिक्त डुअल स्क्रिन ल्यापटपका साथमा असुसले अन्य नयाँ स्क्रिन प्याड २.० को सार्वजनिक गरेको छ,

यी दुवै ल्यापटप इनपुटका लागि किबोर्ड र सेकेन्डरी टचस्क्रिनसहित रहेका छन् । कार्यक्षमतालाई उत्कृष्ट बनाउन जेनबुक प्रो डुओमा फुल वाइड ४के आसुस स्क्रिन प्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहज रूपमा मुख्य फोरके यूएचडी ओएलईडी डिस्प्लेका साथ कार्य गर्छ । त्यसैगरी जेनबुक डुओमा भने फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रिन प्याड प्लस राखिएको छ जसले मुख्य १०८० पिक्सेल फुलएचडी एलसिडी डिस्प्लेसँग बिनाकुनै अवरोध कार्य गर्छ ।

डुअल स्क्रिन
जेनबुक प्रो डुओमा असुस स्क्रिन प्याड प्लसको कार्यशैलीलाई उच्चतम र पर्सनलाइज गर्नका लागि फुल वाइड ४के आसुस स्क्रिन प्याड प्लस रहेको छ जसले बिनाकुनै अवरोध सहज रूपमा मुख्य फोरके यूएचडी ओएलईडी एचडीआर टचस्क्रिनसाथ कार्य गर्छ । जेनबुक डुओ फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रिन प्याड प्लसका साथमा आउँछ । यसमा भएको बिल्ट इन एप्सले उत्पादकत्वलाई प्रोत्साहन गर्छ । क्विक कीले जटिल किबोर्ड सिक्वेन्सलाई एकै ट्यापमा सहज बनाउँछ, र हेन्डराइटिंगले तपाईंलाई टेक्स्टमा रुपान्तरण गर्न सहयोग गर्छ । यहाँ एप स्विचर, भ्यूम्याक्स र टास्क स्वापजस्ता अन्य केही उपयोगी क्विक कन्ट्रोल पनि छन् ।

स्टनिंग डिस्प्ले
जेनबुक प्रो डुओमा साँच्चिकै रोमाञ्चक ४के यूएचडी नानोएज ओएलईडी एचडीआर डिस्प्ले राखिएको छ । यसको चारै कुनामा फ्रेमलेस डिजाइनका साथ अल्ट्रा स्लिम बेजेल्स रहेका छन् । क्षमतासहितको ओएलईडी टचस्क्रिनले अल्ट्रा भिभिड कलर र डिप ब्ल्याक्स देखाउँछ, जहाँ सिनेमा ग्रेड १००प्रतिशत डीसीआई पी३ कलर गामुट र १००,०००ः१ कन्ट्रास रेसियो रहेको छ । निकै सानो बेजेल्सले स्क्रिन टु बडी रेसियोलाई करिबकरिब बोर्डरलेस बनाउँदै ८९ प्रतिशत पु¥याएको छ, जसले अधिक स्क्रिन र अतिकम मात्र ध्यान हटाउँछ ।

जेनबुक डूओमा १०८०पी एफएचड नानोएज डिस्प्ले रहेको छ, जसको चारै कुनामा फ्रेमलेस डिजाइनसहित ९० प्रतिशतको स्क्रिन टु बडी रेसियो छ । यसको अतुलनीय मुख्य एलसिडी डिस्प्लेले प्यानटन भ्यालिडेसनका साथ १०० प्रतिशत एसआरजीबी दिन्छ ।

अतुलनीय प्रदर्शन
जेनबुक प्रो डुओमा इन्टेलको नवौं पुस्ताको इन्टेल कोर आई९ कोर प्रोसेसर छ भने जसमा गेमिंगका लागि एभिडिआ जिफोर्स आरटीएक्स २०६० ग्राफिक्स तथा सशक्त प्रकृतिको फास्ट स्टोरेज रहेको छ । जेनबुक डुओमा भने पछिल्लो १०औं पुस्ताको इन्टेल कोर आई सेभेन १०५१०यू प्रोसेसर रहेको छ भने यसमा एनभिडिआ जिफोर्स एमएक्स २५० ग्राफिक्स र निकै तीव्र गतिको स्टोरेज रहेको छ ।

फास्ट कनेक्टिभिटी
जेनबुक प्रो डुओले पछिल्लो थन्डरबोल्ट ३ यूएसबी टाइप सी पोर्टका साथमा डोंगलफ्री कनेक्टिभिटी उपलब्ध गराउँछ । गीग प्लसका साथमा पछिल्लो इन्टेल वाइफाई ६ले वायरलेस स्पिडलाई नयाँ उचाइमा पु¥याउँछ । यसमा दुईवटा यूएसबी ३.१ जेनेरेसन २ वटा यूएसबी टाइप सी पोर्टहरू छन् । जसले ४के डिप्लेलाई १० जीबीपीएससम्मको डाटा ट्रान्सफर स्पिड उपलब्ध रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख