युट्युव ट्रेन्डिङमा नरसिंहाः अवतारको ट्रेलर

काठमाडौं । अभिनेता राजेश हमालले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलर यतिबेला युट्युव नेपाल ट्रेन्डिङको तेस्रो स्थानमा छ । एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित यो चलचित्रको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

युट्युवमा रिलिज भएको १५ मिनटमै यो ट्रेलर ट्रेन्डिङमा परेको थियो । यति चाँडै अहिलेसम्म कुनै पनि नेपाली चलचित्रको ट्रेलर ट्रेन्डिङमा नआएको यसका निर्देशक दिवाकर भट्टराईले राजधानीलाई बताए । ट्रेलरले दुई दिनमा युट्युवमा १० लाख भ्युज पाईसकेको छ ।

यो चलचित्रको ट्रेलर बिहीबार बेलुका रिलिज गरिएको थियो । यो चलचित्र ९ जेठबाट रिलिज हुँदैछ । आठ वर्षपछि यो चलचित्र मार्फत अभिनेता राजेश हमाल ठुलो पर्दामा आउन लागेका हुन् । चलचित्रलाई लिएर आफु निकै उत्साहित भएको उनले बताएका छन् ।

राजेशसँगै यो चलचित्रमा नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिव जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापालगायतको अभिनय छ ।

नरसिंहाः अवतारमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी रहेको छ ।

यो चलचित्रको मुख्य निर्माता नेम महर्जन हुन् । चलचित्रका अन्य निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता