२१ हप्ताको गर्भपछि बाहिरियो युवती बलात्कारको घटना, दाजुभाइ पक्राउ

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेकोको अभियोगमा सहोदर दाजुभाइ पक्राउ परको छन् । चुरे गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय दीर्घ कँडेल र ५३ वर्षीय गंगा कँडेल पक्रा परेका हुन् ।

माइतीघर हिडेकी लीला तीन दिनदेखि सम्पर्कविहीन

कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार पक्राउ परेका दुबै जना सहोदर दाजुभाइ हुन् । ‘पीडित युवती शारीरिक र मानसिक रुपमा अस्वस्थ छिन्,’ डीएसपी चन्दले भने, ‘पेट बढ्दै गएको देखेपछि स्वास्थ्य परीक्षण गर्दा २१ हप्ताको गर्भ देखिएको थियो । आफन्तले जाहेरी दिएपछि आरोपित दुबै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’

माइतीघर हिडेकी लीला ३ दिनदेखि सम्पर्कविहीन

यसैबीच माइतीघर जान्छु भनेर हिडेकी कैलालीकी एक महिला तीन दिनदेखि सम्पर्कविहीन भएकी छिन् । घोडाघोडी नगरपालिका–२ चितलपुर बस्ने टेकबहादुर रावतकी २४ वर्षीया श्रीमती लीला बिष्ट रावत सम्पर्कविहीन भएकी हुन् ।

उनी माइतीघर जान्छु भन्दै हिडेको तीन दिनसम्म सम्पर्कमा आएकी छैनन् । २७ वैशाखमा उनी घोडाघोडी–२ साडेपानी गाउँमा रहेको माइतीघर जान्छु भन्दै घरबाट हिडेकी थिइन् । बिष्टको ’boutमा आइतबार बुझ्दा माइती, आफन्त, नातागोता कतै पनि सम्पर्कमा नआएको आफन्तले जनाएका छन् ।
सोमबारसम्म सम्पर्कविहीन भएपछि श्रीमान् टेकबहादुर रावतले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन् । लिलाको खोजीकार्यका लागि कैलाली जिल्लाका विभिन्न प्रहरी कार्यालयमा हुलिया पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा