ठाडोभाकामा रमाए ज्येष्ठ नागरिक

लमजुङ । लमजुङमा आयोजित प्रथम ठाडोभाका खुला प्रतियोगितामा जमजुङको प्यारजुङको टोली प्रथम भएको छ । सो कार्यक्रममा ज्येष्ठ नागरिक निकै रमाएका थिए ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालको चौथो स्थापना दिवसमा आयोजित दुईदिने प्रतियोगितामा राइनास नगरपालिका–१० प्यारजुङ गाउँले प्रथम हुँदै उपाधि जित्यो ।

दोस्रो हुनेमा सोही वडाको उपल्लो बोराङ गाउँको टोली थियो । पहिलो हुने टिममा आशबहादुर विक, आशबहादुर गुरुङ, दलबहादुर गुरुङ, काशीमाया तामाङ, सन्तमाया तामाङ र बुद्धिमाया तामाङ थिए । यसैगरी, लक्ष्मी गुरुङ, दिलकुमारी गुरुङ, धनकुमारी गुरुङ, कृष्णप्रसाद न्यौपाने, लक्ष्मीकान्त न्यौपाने, दशरथ न्यौपाने रहेका थिए ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गर्नेमा दूधपोखरी गाउँपालिका– ५ बाघकोटको चन्द्रबहादुर भन्ने धनबहादुर गुरुङको टोली थियो । कार्यक्रमको निर्णायकमा लोकगायिका कृष्ण गुरुङसहित, हरिमाया गुरुङ, रामबहादुर गुरुङ, तोबहादुर घले, रत्नकुमारी घले, गीतामाया घले र मोतीकुमारी घले थिए ।

प्रतियोगितामा पहिलो हुने समूहलाई २५ हजार, दोस्रो हुने समूहलाई १५ हजार र तेस्रो हुने जोडी समूहलाई १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले भने, ‘अब हरेक वर्ष प्रतिष्ठानले स्थापना दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा रोटेसनका प्रतियोगिता सञ्चालन गर्नेछौं ।’

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)