अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण

पोखरा । अन्नपूर्ण आरोहण दिवस (३ जुन) अवसरमा अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको नियमित वार्षिक कार्यक्रमअन्तरगत यही २० जेठमा उक्त कार्यक्रम गर्न लागिएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जनाइयो ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ समग्र पर्यटन प्रवद्र्धन गरी अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पूर्वाधार विकासको प्रयोजनार्थ अन्नपूर्ण आरोहण दिवस अवसरमा विगत वर्षदेखि नै अन्नपूर्ण आधार शिविर (४१३० मिटर) बाट आरम्भ भई विभिन्न ठाउँ परिक्रमा गरी घान्द्रुकको मेश्रम वराह मावि खेल मैदानसम्म (४२.१९५ कि.मी) म्याराथन रुट निर्धारण गरिएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) को सफल आरोहण गरेको ७५ वर्ष भएको छ । यस वर्षको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण हीरक उत्सवका रुपमा समेत मनाउन लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समिति अध्यक्ष एवं कार्यक्रम संयोजक ललित गुरुङले बताए ।

महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा रहने अन्नपूर्ण म्याराथनमा स्वदेशी तथा विदेशी धावकले नाम दर्ता गराउने क्रम जारी छ । आयोजकका अनुसार १० विदेशी धावकसहित हालसम्म ६० धावकले नाम दर्ता गराइसकेका छन् ।

पुरस्कार महिला–पुरुषतर्फ प्रथमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रोलाई ७५ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । म्याराथनका थप आकर्षणमा अन्नपूर्ण गाउँपालिका प्रथमलाई विशेष पुरस्कार रहेको छ भने गण्डकी प्रदेश प्रथमलाई विशेष पुरस्कार व्यवस्था गरिएको छ ।

करिब ३८ लाख खर्च लाग्ने अनुमान रहेको म्याराथनमा विविधि साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनायो ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार