नरसिंहाः अवतारको ‘मेरी प्यारी छोरी’ सार्वजनिक

काठमाडौं । प्रदर्शनीको तयारीमा रहेको नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ गीत ‘मेरी प्यारी छोरी…’को भिडियो यती बेला सार्वजनिक गरिएको छ । यही ९ जेठबाट रिलिज हुने यो चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यो गीतलाई सार्वजनिक गरिएको निर्देशक दिवाकर भट्टराईले राजधानीलाई बताए ।

यो गीतमा छोरी प्रति बुबाको माया र कर्तव्यलाई प्रस्तुत गरिएको छ । गीत स्वरूपराज आचार्यको स्वरमा रहेको छ । मुक्त उदासले लेखेको यो गीतमा अर्जुन पोखरेलको संगीत गरेका छन् ।

यो गीतको भिडियोमा पिताको भूमिकामा अभिनेता राजेश हमाल, उनको पत्नीको भूमिकामा अभिनेत्री नीति शाह र छोरीको भूमिकामा रहेकी बाल–कलाकार एल्भिना खड्काबिचको पारिवारिक सम्बन्ध देखाइएको छ । गीतको भिडियोमा एल्भिनाप्रति राजेशको अभिभावकत्व र नीति शाहको मातृत्व भावलाई प्रस्तुत गरिएको छ । नरसिंहाः अवतारको यो गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् ।

यस चलचित्रको पटकथा सम्बाद दिवाकर भट्टराईले लेखेका हुन् । जसमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाहीलगायतका कलाकारहरूको अभिनय छ ।

यो चलचित्रको निर्मातामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपाने छन् । चन्द्र पन्तको कथा रहेको यस चलचित्रमा राजु तामाङको द्धन्द्ध निर्देशन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय