मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्न उपप्रमुख डंगोलको निर्देशन

काठमाडौँ । मखन आगलागी समयमा किन नियन्त्रण हुन सकेन? कारण पत्ता लगाउन छानविन समिति गठन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छिन् । निर्देशन दिँदै उपप्रमुखल् भने, ‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले । दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो? यसमा के समस्या थियो ? के कारण थियो? कसको लापर्वाही थियो? जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानविन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन ।’ सो आगलागीमा ३ वटा घरमा क्षति पुगेको थियो ।

त्यस दिन विहान ६ः५० बजे दयाराम श्रेष्ठको घरबाट आगो बल्न सुरु भएको थियो । आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठको पाँचतले घर, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगगालीका कारण आएको धुँवामा निस्सासिएर एक जना ज्येष्ठ महिलाको मृत्यु भएको थियो । त्यसलगत्तै उपप्रमुख डंगोल र वडाध्यक्ष विनोद कुमार राजभण्डारीले घटनाको अनुगमन गरेका थिए ।

‘आगलागी नियन्त्रणका लागि तत्परतामा कमजोरी भएको गुनासा आएका छन् । घटना स्थलमा दमकल लैजान पूर्वाधारजन्य अवरोध भएको कुरा पनि छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘घटना व्यवस्थापन गर्न कस्ता चुनौती थिए? के–के कमजोरी भए? यसका लागि दमकल, एम्बुलेन्स, दमकल, स्थानीयबासी, जनप्रतिनिधिहरुसँग छलफल गरेर सुक्ष्म अध्ययनका लागि छानविन गर्न निर्देशन दिएकी हुँ ।’ यस्ता घटनाको जोखिम घटाउन पूर्वतयारी, घटना नियन्त्रण, खोज उद्धार र घटनापछिको राहत तथा पुनःस्थापनाका विषयमा समितिले शिफारिस गर्ने, डंगोलको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन