काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको नवौं साप्ताहिक उपहार विजेता घोषणा गरिएको छ ।
यी हुन् नवौं साताका २० जना भाग्यमानी विजेता
न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमार्फत प्रस्तोता वीरेन्द्र जैरु र राजधानी दैनिकका मार्कटिङ अफिसर सुदीप बस्नेतले गोला प्रथाबाट भाग्यमानी २० जनालाई ५–५ हजार राशिको नवौं साताका विजेता घोषणा गरेका हुन् ।
यस उपहार योजनाअन्तर्गत हरेक साता २० जनालाई ५–५ हजार रुपैयाँ, मासिक उपहार १० जनालाई ५०–५० हजार रुपैयाँ, तेस्रो बम्पर उपहार पाँच जनालाई १–१ लाख रुपैयाँ, दोस्रो बम्पर उपहार एक जनालाई ५ लाख रुपैयाँ र प्रथम बम्पर उपहार एक जनालाई ५० लाख रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)






