लुम्बिनीका १४ सरकारी अस्पतालमा सत्ताधारी दलको भागबण्डा

तुलसीपुर । लुम्बिनी प्रदेशमा रहेका सरकारी अस्पताल विकास समितिको अध्यक्षमा सत्ताधारी दुई ठूला दलले भागबण्डा लगाएका छन् । प्रदेशका १४ वटा सरकारी अस्पताल विकास समिति मध्य सत्तारुढ दुई दलको सहमतिअनुसार एमालेले ७ र कांग्रेसले ७ वटा अध्यक्ष पाएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । प्रदेशमा दुई वटा प्रादेशिक र १२ वटा जिल्ला स्तरकासरकारी अस्पताल छन् ।

दलीय सहमति अनुसार राप्ती प्रादेशिक अस्पताल विकास समिति तुलसीपुरको अध्यक्षमा महेन्द्रराज लामिछाने नियुक्त भएका छन् । त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त भएका छन् । त्यसैगरी प्युठान अस्पतालको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसबाट शेरबहादुर थापा, गुल्मी अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल, अर्घाखाँची अस्पतालमा एमालेबाट बलाराम मिश्र अध्यक्षमा नियुक्त भएका छन् ।

त्यस्तै कपिलवस्तु अस्पतालमा एमालेबाट रन्जिकुमार बर्मा, भीम अस्पताल भैरहवामा कांग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा कांग्रेसबाट अजयमान कर्माचार्य, रुकुम पूर्व अस्पतालमा कांग्रेसबाट लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुवाङ अस्पताल दाङमा एमालेबाट सूर्यप्रकाश शर्मालाई नियुक्त गरिएको हो । प्रदेश सरकारले बैशाख १६ प्रदेशभरका १४ वटौ अस्पताल विकास समिति एकैपटक विघटन गरेको थियो ।

यसअघिको सरकारले २०८० कार्तिक ७ गते अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा अध्यक्ष नियुक्त गरेको थियो । गठबन्धन फेरिएसँगै बैशाख १६ सो दिन बसेको मन्त्रिपरिषद् बैठकले त्यसअघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को अघिल्लो सत्ता साझेदारीका बेला गठन भएका समिति एकैपटक हटाएर नयाँ नियुक्तिको बाटो खोलेको थियो ।

स्वास्थ्य मन्त्रालयले उक्त निर्णय सार्वजनिक गरेको छैन । यता लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले दुई वटा आयुर्वेद अस्पतालको अध्यक्ष नियुक्त गर्न बाँकी रहेकाले एकैपटक सार्वजनिक गर्नका लागि टुङ्गो लागेका नामावलीको नाम सार्वजनिक नगरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

भागेश्वरको बगरकोट अगाडिसम्म सडक कालोपत्रे