आज थप व्यक्तिमा कोरोना सङ्क्रमण छैन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थप व्यक्तिमा कोरोना भाइरस नदेखिएको तर सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिए।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १६ हजार ८९८ र आरडिटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् ।

आज कुनै पनि मानिस रेडजोनमा देखिएका छैनन् । शनिबारसम्म रेडजोनमा ३४० रहेका छन् । कोरोना भाइरस सङ्क्रमित ११० जना रहेका छन् । तीमध्ये ३१ जना ठीक घर फर्किएका छन् । प्रवक्ता देवकोटाले घर फर्किएकालाई व्यक्तिलाई सम्मान गर्न आग्रह गरे । साथै यहाँले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेअनुसार कोरोनाबाहेकका नियमति स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी