समयमै गुणस्तरीय काम सम्पन्न गर्न नगर प्रमुख बस्नेतको चेतावनी

उदयपुर । बिश्व बैंकको ऋण सहयोगमा निर्मााणधिन गाईघाट बजारको सडक स्तरोउन्नतीको काम निर्माण ब्यवसायीको लापरबाहीले गुणस्तरहिन भएको छ । गाईघाट टाउन प्लानिङ क्षेत्रमा भएको स्तरोउन्नतीको काम निर्माण ब्यवसायीको लापरबाहीले गुणस्तरिय हुन नसकेपछि चौ तर्फि बिरोधपछि त्रियुगा नगरपालिकाले निर्माण ब्यवसायी सहित सरोकारवालासँग छलफल गरेको छ ।

त्रियुगा नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का शहरी सडक स्तरोउन्नतीको काम गर्न १ सय ५ करोड लागतमा बिश्व बैंकको ऋण सहयोगमा सडक स्तरोउन्नती हुन लागेको हो । सरोकारवालासँगको छलफलको क्रममा त्रियुगा नगरपालिका भित्र गाईघाट टाउन प्लानिङमा गुणस्तरीय काम गरी समयमै काम सम्पन्न गर्न नगर प्रमुख बसन्तकुमार बस्नेतले निर्माण ब्यवसायीलाई चेतावनी दिएका छन । त्रियुगा नगरपालिका भित्रको १४.६४६ किलोमिटर सडक स्तरोउन्नती सहित कालोपत्रेका क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध गरि रहेको बेला नगर प्रमुख बस्नेतले नगरपालिकामा पत्रकार सम्मेलन गरी निर्माण ब्यवसायीलाई यस्तो चेतावनी दिएका हुन ।

नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत विश्व बैंकको ऋण सहयोगमा त्रियुगा नगरपालिका भित्र शहरी सडकको स्तरोउन्नतीको काम भइ रहेको हो । सो काम गुणस्तरीय नभएको भन्दै अहिले चौतर्फि विरोध भएको छ । त्यही विरोधको प्रश्नको उत्तर दिँदै बस्नेतले ठेक्का सम्झौताको मितिमै सक्नु पर्ने र गुणस्तरीय नभए कानुनी उपचार खोज्ने बताए । उनले भने, ‘ठेक्का सम्झौता भएको मितिमा नै सम्पन्न हुनु पर्ने र गुणस्तरीय हुन पर्ने बताए । बिश्व बैंकसँग भएको सम्झौता अनुसारको काम हुनु पर्ने र सम्झौता भनिए अनुसार काम सम्पन्न नभए म्याद थप्प नहुने नगर प्रमुख बस्नेतले स्पष्ट पारे । सम्झौता अवधिमा काम नसके तथा गुणस्तरीय नभए कानुनी उपचारको विधिबाट ठेकेदार कम्पनीलाई क्षतिपुर्ति तिराउँछौ, नगरपालिकाको चेतावनी हो ।

त्रियुगा नगरपालिका–१०, ११, १२ र १३ वडामा पर्ने गाईघाट बजारभित्रका १४.६४६ किलोमिटर सडक, नाली लगायतको निर्माणको कामको लागि भ्याट, पिएस सहित ६६ करोड ११ हजार १ सय ४० रुपैया २७ पैसाँमा आशिष आशिर्वाद स्वामी नारायण जेभीसँँग गएको २०८० चैत ३० गते २०८२ असार ३० गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । काम सम्पन्न हुन करिब ५० दिन बाँकी छ ।

सो कामको भौतिक प्रगति ६५ प्रतिशत रहेको र हालसम्म ३२ करोड ७३ लाख ४९ हजार १ सय १ रुपैया ६५ पैसा भुक्तानी भइ सकेको त्रियुगा नगरपालिका प्रवक्ता तिलक कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजनलाई निर्धारित समयमा निर्धारित गुणस्तर मापदण्ड अनुरुप सम्पन्न गराउन नगरपालिका प्रतिबद्ध रहेको जनाएका छन । निर्माण कार्यको प्रगति र गुणस्तरको सम्बन्धमा विभिन्न पक्षबाट राखिएको चासो प्रति नगरपालिकाको ध्यानार्कषण भएको छ ।

निर्माण कम्पनी आशिष आशिर्वाद स्वामी नारायण जेभीका प्रोजेक्ट म्यानेजर राजेश यादवले आयोजना डिजाईन तथा सुपरीवेक्षण गर्ने बोटेक गोइक जेभी काठमाडौंको परामर्शमा गुणस्तर नापजाँच गरेर काम भएको बताए । उनले भने, ‘समयमै काम सम्पन्न गरिने र गुणस्तरीय भएको दाबी गरे । हामी रात दिन काम गरिरहेकाछौँ । यता आयोजना डिजाईन तथा सुपरीवेक्षण गर्ने बोटेक गोइक जेभी काठमाडौंका इन्जिनियर अमरदीप यादवले पनि समयमै सक्ने गरी गुणस्तरहीन भएको ठाउँमा ल्याब परीक्षण गरेर काम गरि रहेको जानकारी दिए ।

त्रियुगा नगरपालिका–११ का वडाअध्यक्ष सुमन्त कोइरालाले समयमै काम सम्पन्न हुन नसक्ने र गणस्तरहीन काम भइ रहेको दाबी गरेको छ । उनले भने, ‘निर्माण सामाग्रीको ल्याब टेस्ट रिर्पोट छैन । धेरै काम बाँकी देखिन्छ । तोकिएको समयमै सक्न गाह्रो छ । भौतिक प्रगति ६५ प्रतिशत देखिए पनि हाल निर्माण क्षेत्रमा त्यस्तो नदेखिएको र गुणस्तरहीन काम भएको स्थानीयबासीको दाबी गरेको छ ।

सडक स्तरोउन्नती गर्ने क्रममा निर्माण गरिएको नाली गुणस्तरहिन भएको धेरै ठाँउमा नाली भत्कि सकेको र कालोपत्रे गर्नु पुर्व सब बेसमा मापदण्ड बिपरित बोल्डर लगाएको स्थानीयबासीको आरोप रहेको छ । निर्माण कम्पनीलाई दिएको बिओक्युमा पुरानो कालोपत्र गरिएको सडक कटिङ गरि फालेर पुन नदिको ताजा ग्राबेल लगाउने उल्लेख गरिएको छ । जसमा बिओक्युमा उल्लेख भए अनुसार सबबेसका लागि नदिको ताजा ग्राबेल छानेर २० एमएम देखि ४० एमएम सम्मको हुनु पर्ने उल्लेख छ, तर यहाँका टिफरले बरुवा खोलाबाट सिधै उठाएर ठु ठुलो बोल्डर ढुर्गा लगाएर पेलेर स्थानीयबासी गौरीशंकर उदासले बताए । उनले भने बिओक्यु अनुसार काम नभएको सडकमा प्रयोग गरिएको सामाग्री गुणस्तरीय नभएको बताए ।

सडक निर्माणको सुपरिवेक्षण गर्ने जिम्मा पाएका त्रियुगा नगरपालिकाका जनप्रतिनिधि यस प्रति सचेत हुन पर्ने पत्रकार कौशल चेम्जोङको भनाई रहेको छ । उनले भने, ‘हामी प्राविधिक कुरा जान्दैनौँ । तर, निर्माण व्यवसायमा आबद्ध गाईघाटका नागरिकले प्रश्न उठाइ रहेका छन । त्यो किन भइ रहेको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सचेत हुनु प¥यो ।

नेपाल निर्माण व्यवसायी जिल्ला संघ उदयपुरका महासचिव सुदिप दाहाल खत्रीले त्रियुगा नगरपालिका क्षेत्र टाउन प्लानिङमा भइ रहेको काममा गुणस्तरी निर्माण सामग्रीको प्रयोग नभएको र प्राविधिक ज्ञानको अभाबमा मनमरी भई रहेको जनाए । उनले भने, ‘असफाल्ट क्रंक्रिट सडक निर्माण गर्ने भनिएको छ । तर, त्यस्तो गरी निर्माण सामग्री प्रयोग गरेको देखिन । म गाईघाट बासी भएकाले राम्रो होस भनेर विरोध गरेको हुँ ।

नत्र निर्माण व्यवसायीको विरोध गर्न जरुरी छैन । काम भएको ठाउँमा नगरपालिकाको प्राविधिक पनि देखिन । अब कमजोरी स्विकार गरेर नगरपालिकाले राम्रो गरी काम गर्ने गरी तयारी गरोस । उनले भने प्रयोगमा ल्याएका निर्माण सामाग्री गुणस्तरहिन भएकोले त्यसलाई सुधान आग्रह गरे । उनी भन्छन, बिओक्युमा उल्लेख भएको परिाणम र त्यहाँ भनिए अनुसार काम गर्न गराउन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे