सेनाले बनायो हेलिप्याड पालिकालाई हस्तान्तरण

मुगु । नेपाली सेनाले मुगु जिल्लाको दुर्गम तथा विकट पालिकामा हेलिप्याड बनाएर पालिकालाई हस्तान्तरण गरेको छ । जिल्लाको मुगम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा हेलिप्याड निमार्ण गरि मुगम कार्मारोङ्ग गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

उत्तर पश्चिम पृतनाका उपरथी अनुपजङ्ग थापाले मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई नेपाली सेनादारा निर्मित हेलिप्याड हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले नेपाली सेनाको प्रसंशा गरेका थिए ।

‘मुगमका जनताले विभिन्न विपतमा उद्धार तथा राहत समयमै पाएका थिएनन् भने सुत्केरी आमा र बिरामी जनताले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको थियो भने पैसा भएर पनि समय मै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनु परेको थियो । अब पालिका मै मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला जनताले हेलिकप्टरको सेवा लिने छन्, भने राज्यले दिने सेवा सुविधा जनताले समय मै पाउनेछन ।’

सेना नेपाली जनताको भएकोले जनता विपतमा पर्दा दुर्गमता, विकटता महसुश गर्न नपाइ राज्य छ भन्ने जनताले देख्न,भोग्न सकोस भनेर नेपाली सेनाले विकट तथा दुर्गम क्षेत्रमा हेलिप्याड बनाइ स्थानिय सरकारलाइ हस्तान्तरण गर्दै आएको हेलिप्याड निर्माणले विपत उद्धार,जटिल प्रसुती आमाको उद्धार तथा प्रकोपहरुमा उद्धार तथा राहत उपलब्धतामा सरोकार निकाय तथा तिनै तहका सरकारहरुलाइ सहज हुने जनाए।

मुगु जिल्लाको मुगुम कार्मारोङ्गका २ दर्जन बढी पाटनहरुमा बहुमुल्य बुटि यार्सागुम्बा पाइने भएकाले जिल्ला भित्र र बाहिरका गरेर हजारौं मानिस यार्सा टिप्न यहाँ पुग्ने गर्दछन । उच्च हिमाली भुभाग, मौसममा फेरवदल आइरहने, अक्सिजनको कमि,अत्याधिक चिसोका कारण बर्सेन दजनौ यार्सा संकलकहरु बिरामी हुने र समय मै उपचार नपाउदा मृत्युको मुखमा पुग्ने भएकाले हेलिप्याड निर्माणले पाटनहरुमा विरामी हुनेहरुको समय मै उद्धार भएर उपचार सेवा पाउने हनुमान ध्वज गुल्मका खिम बहादुर अधिकारीले बताए

हेलिप्याड निर्माणका लागि लागत अनुमान बजेट १६ लाख ४७ हजार ६३० रुपया ६० पैसा भएपनी निर्माण कम्पनी नवीन निर्माण सेवाले ८ लाख ४४ हजार १७३ रुपया ६० पैसामा निर्माण जिम्मा लिइ २०८२ साल असार १ गते भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो ।

नेपाली सेनाको हनुमान ध्वज गुल्म हुटु राराले हेलिप्याड निर्माण जिम्मेवार युनिट रहेर नवीन निर्माण सेवाले २०८१ साल माघ २५ गते निर्माण शुरु गरि २०८२ जेठ २ गते हेलिप्याड निर्माण सम्पन्न गरेपछी शुक्रवार नेपाली सेनाले उक्त हेलिप्याड पालिकालाइ हस्तान्तरण गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता